साग फुटबलः भुटान बिरूद्ध नेपालकाे प्रभावशाली जित

0

दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष फुटबलमा नेपालले भुटान विरुद्ध चार शुन्यको जित निकालेको छ ।

दशरथ रंगशालामा भएको खेलको पाँचौ मिनेटमा नै नेपालले अग्रता बनायो । नेपालका लागि कप्तान सुजल श्रेष्ठले गोल गर्न सफल भए ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको नेपालले दोस्रो हाफमा अर्को गोल थप्यो । नेपालका लागि कप्तान सुजलले नै गोल गरे । त्यसपछि नेपालका लागि अभिशेख रिजाल र मिक्चेन तामाङले एक एक गोल थपे ।

खेलको ६६ औं मिनेटमा सुजलले गोलका थिए । उनले अनन्त तामाङको पासको सदुपयोग गरेका थिए । त्यसपछ ि७० औं मिनेटमा नेपालले चौथो गोल गर्यो । यसपटक मिक्चेन तामाङले फ्रिकिकमा उत्कृष्ट गोल गर्न सफल भए । जसका कारण नेपालले प्रभावशाली जित निकाल्दै तीन अंक जोड्यो ।

Post Add 1025X115
Loading...