पुरूष फुटबलः पहिलाे हाफमा भुटान विरूद्ध नेपाल १-० गाेलले अगाडी

0

दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष फुटबलमा नेपालले भुटान विरुद्ध एक गोलको अग्रता बनाएको छ ।

दशरथ रंगशालामा जारी खेलको पाँचौ मिनेटमा नै नेपालले अग्रता बनायो । नेपालका लागि कप्तान सुजल श्रेष्ठले गोल गर्न सफल भए ।

त्यसपछि पनि नेपालले तीन वटा माैका पाएकाे थियाे । तर नेपाल सफल हुन सकेन । जसका कारण नेपाल पहिलाे हाफमा एक शुन्यले अगाडी रह्याे ।

Post Add 1025X115
Loading...