साग पुरूष क्रिकेटः नेपाल श्रीलंकासँग ६ विकेटले पराजित

0

दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष क्रिकेटमा नेपाल श्रीलंकासँग ६ विकेटले पराजित भएको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिंग गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७२ रन बनायाे ।

नेपालको लागि दिपेन्द्र ऐरीले सर्वाधिक ७२ रन बनाए। उनले ४४ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। पवन सर्राफले २२, बिनोद भण्डारी र ज्ञानेन्द्र मल्लले समान २१ रन तथा आरिफ शेखले १९ रन बनाए।

नेपालले सुरूवात भने खराव गर्याे । पारस खड्का मात्र एक रनमा पेभेलियन फर्किए । त्यसपछि आरिफ शेख १९ तथा ज्ञानेन्द्र मल्ल २१ रन बनाएर आउट भए।

चौथो विकेटको लागि दिपेन्द्र ऐरी र बिनोद भण्डारीले अर्धशतकीय साझेदारी गरे। ५६ रनको साझेदारी गरे पछि बिनोद २१ रन बनाएर कामिन्दु मेन्डीसले बोल्ड गरे। पाँचौ विकेटका लागि दिपेन्द्रले पवनसंग ६२ रनको साझेदारी गरे।

श्रीलंकाको बलिंगमा कामिन्दु मेन्डिसले २ विकेट लिए। असिथा फर्नान्डो, कभिस्का अन्जुला र दुभिन्दु तिलकरत्नेले समान १/१ विकेट लिए।

जवाफमा श्रीलंकाले १९ ओभर एक बलमा चार विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । उसका जितमा सामु असानले अविजीत ७२ रन बनाए । रन बनाए भने निसान मदुस्काले ४६ रनको योगदान गरे ।

यस्तै निसंका ४६ रन जोडे । श्रीलंकाले सुरुवात भने राम्रो गर्न सकेन । उनले ४९ रन बनाउँदा तीन विकेट गुमाएको थियो । तर त्यसपछि साम्मु र निसानले दरिलो साझेदारी गर्दा नेपालले हारको सामना गर्यो । नेपालका लागि बलिङमा पवन सराफले दुई तथा सुसान भारी र सोमपाल कामीले एक एक विकेट लिए ।

 

Post Add 1025X115
Loading...