साग महिला फुटबल: नेपालको विजयी शुरुवात, सरुले गरिन निर्णायक गोल

0

नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा विजयी सुरुवात गरेको छ ।

पोखरा रंगशालामा मंगलबार भएको पहिलो खेलमा नेपालले श्रीलंकालाई १–० गोल अन्तरले पराजिज गर्दै सुदख शुरुवात गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमो नेपालले निकै राम्रो अवसर गुमाएपनि ८७ औं मिनेटमा सरु लिम्बुले नेपालको लागि निर्णायक गोल गरिन् ।

जितसँगै नेपालले पहिलो खेलमा ३ अंक जोडेको छ ।

महिला फुटबल अन्तर्गत मंगलबार भारत र माल्दिभ्सबीच खेल हुनेछ ।

अब नेपालले बिहिबार माल्दिभ्ससँग खेल्नेछ ।

Post Add 1025X115
Loading...