कराँतेमा नविनले जित स्वर्ण

0

नेपालले १३औं दक्षिण एसियाली खेलकुदमा करातेमा नेपालले अर्को स्वर्ण जितेको छ । नेपालका नविन रसाइलीले पाकिस्तानका अहमेद नासिरलाइ हराउँदै स्वर्ण जित्न सफल भए ।

सातदोबाटोस्थित कराँते हलमा भएको खेलमा नविनले पाकिस्तानका अहमेद नासिरलाई ८–६ अंकले पराजित गरे ।

यो तौल समूहमा नेपालका राजिव पुडासैनी बंगलादेशका अलामिनसँग ७–५ ले पराजित हुँदै कास्यमा सीमित भए। यसअघि पहिलो दिन नेपालले ९ स्वर्णको लागि भएको प्रतिस्पर्धामा ७ स्वर्ण र २ रजत पदक जितेको थियो।

Post Add 1025X115
Loading...