श्रीलंका बिरूद्द ‘सरप्राइज’ नतिजाकाे प्रतिक्षामा नेपाल

0

दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष क्रिकेटमा नेपालले पहिलो खेलमा श्रीलंकासँग खेल्दैछ ।

कीर्तिपुर क्रिकेट मैदानमा हुने खेल विहान ११ बजेबाट सुरु हुनेछ । सागका लागि उपाधिको दावेदार टिमका रुपमा हेरिएको श्रीलंकाको टिममा एकदिवसिय खेलेका खेलाडी रहेका छन ।

सिनियर टिमबाट खेलिसकेको खेलाडी रहेको श्रीलंका विरुद्ध घरेलु टिमका लक्ष्य जित नै रहेको छ । क्रिकेट खेलका लागि समर्थक मैदान प्रवेश गर्न टिकटका ब्यवस्था गरिएको छ । जसमा ३०० र ५०० रुपैयाँ टिकट तोकिएको छ ।

कीर्तिपुर मैदानमा करिव ६ बर्षपछि टी २० क्रिकेट प्रतियोगिता हुँदैछ । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको नेपाली टिममा भोली बलियो स्क्वाडलाई मैदानमा उतार्नेछ ।

Post Add 1025X115
Loading...