साग खेलकुदः नेपालले उसुमा २ स्वर्ण, कुल १७ स्वर्णपदक

0

दक्षिण एसियाली खेलकुद सागमा नेपालले अर्को स्वर्ण पदक जितेको छ । आजबाट सुरु भएको उसुमा नेपालले दुई वटा स्वर्ण हात पारेको छ ।

उसुको थाउलोमा विजय सिंञ्जालीले नेपाललाई स्वर्णपदक दिलाए । उनले चानक्वान विधामा नौ दशमलव ४८ अंक ल्याउँदै स्वर्ण जिते ।

यस्तै महिला तर्फ सुस्मिता तामाङले थाउलोको सोहि विधामा स्वर्ण जित्न सफल भइन । उनले नौ दशमलव ४४ अंक प्राप्त गर्दै पहिलो भइन ।
योसँगै नेपालको स्वर्ण संख्या १७ पुगेको छ ।

सागको पहिलो दिन नेपालले कराँते र तेक्वान्दोमा समान सात सात स्वर्ण जितेका थिए ।

एथ्लेटिक्सको १५ सय मिटरमा टंक कार्कीले काश्यपदक हात पारे । उनले तीन मिनेट ५९ दशमलव दुई शुन्य सेकेण्डमा पुरी पुरा गरे । यो विधामा भारतका अजयकुमार सारोले स्वर्ण जित्यो ।

Post Add 1025X115
Loading...