रोहित र सोमपाल कतार टी-१० लिगमा अनुबन्धित

0

कतार टि-१० लिगमा सोमपाल कामी र रोहित पौडेल खेल्ने भएका छन्।  सोमपाल ओरिक्स र रोहित कुमार पौडेलले हिट स्टोर्मर्स बाट खेल्ने भएका छन् | दुबैको पारिश्रमिक ३ हजार डलर छ |

लिगका हरेक टिममा १ आइकन खेलाडी, ३ अन्तर्राष्ट्रिय खेलाडी, ३ जना एसोसिएट देसका खेलाडी, ८ जना लोकल खेलाडी गरि कुल १५ जना खेलाडी रहनेछन |

डिसेम्बर ७-१६ सम्म कतारमा हुने टि-१० लिगमा स्विफ्ट ग्यालोपर्स,फाल्कम हुन्टर्स, फ्लाइङ्ग ओरिक्स, डेजर्ट राइडर्स, पर्ल ग्लाडियटर्स, हिट स्टोर्मर्स, गरि कुल ६ टिमको सहभागिता छ |

यो प्रतियोगितामा पारस खड्का र सन्दिप लामिछाने पनि खेल्ने छन्।

Post Add 1025X115
Loading...