दक्षिण एसियाली खेलकुदमा नेपालका लागि सोमबारको दिन ऐतिहासिक रह्यो । कुल छिनोफानो भएको २४ स्वर्णमा नेपालले १५ स्वर्ण नेपालले जित्यो ।
२० वर्षपछि नेपालमा आयोजना भएको खेलकुदको यो महाकुम्भ सबै नेपालीहरुका लागि चर्चाको विषय बनेको छ । यो सागलाई राजनीतिक दलका नेताहरुले पनि नजिकबाट नियालीरहेका छन् ।
पहिलो दिन पाएको सफलता प्रति गृहमन्त्री राम बहादुर थापा ‘बादल’, कांग्रेशका युवा नेता गगन थापा, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बधाई तथा शुभकामना दिएका छन् ।
फेसबुकमा आफ्नो स्टाटस लेख्दै गृहमन्त्री बादलले १३औं दक्षिण एसियाली खेलकुदमा त्कृष्ट प्रदर्शन गरेका र पदक विजेता सबैलाई बधाई तथा शुभकामना ब्यक्त गरेका छन् ।
यस्तै पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले कृही समयअघिको पदक तालिकाको स्कृनसट राख्दै अंक तालिकामा सबैलाई उछिन्नु खुसीको कुरा भको र खेलाडी तथा टिमलाई बधाई तथा शुभकामना ब्यक्त गरेका छन् ।
यस्तै गगन थापाले आयशा शाक्यले सन्तानको जन्मपछि पनि घरभित्रै सिमित हुनु पर्नेछ मान्यतालाई तोड्न सफल भएकोमा बधाई दिएका छन् ।
त्यसको केही बेरअघि उनले पहिलो स्वर्ण र रजत जित्न सफल मण्डेकाजी श्रेष्ठ र चञ्चला दनुवारलाई बधाई दिएका थिए ।
१३ औं सागमा कराँतेले नेपालका लागि पहिलो स्वर्ण र रजत भित्र्याएको खबर सुनेर खुसी लाग्यो। सफलताका लागि मण्डेकाजी श्रेष्ठ र चञ्चला दनुवारलाई बधाई! #SAG2019
— Gagan Thapa (@thapagk) December 2, 2019
स्वर्ण पदक जित्न सफल भएकोमा तेक्वान्दो खेलाडी आयशा शाक्यलाई बधाई। सन्तानको जन्मपछि महिला घर भित्रै सिमित हुनु पर्छ भन्ने मान्यतालाई स्वर्ण सहित तोड्न सफल भएकोमा अझ विशेष बधाई! #SAG2019 https://t.co/WeaIJCSjES
— Gagan Thapa (@thapagk) December 2, 2019
केही समय अघिको साफ खेलकुदको अङ्क तालिका । नेपालले अङ्क तालिकामा सबैलाई उछिन्नु साह्रै खुशीको कुरा । सबै मेहनती खेलाडी तथा टिमलाई धेरै बधाई । नेपालले अझै उत्कृष्ट खेल प्रदर्शन गरोस् । शुभकामना । श्रोतः ईकान्तिपुर pic.twitter.com/Ni6XdXIn3F
— Baburam Bhattarai (@brb1954) December 2, 2019