भिडियो सन्देशमा प्रधानमन्त्री ओलीले भने- सागको भब्य उद्घाटनले खुसी छु

0

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वस्थ्य राम्ररी सुधार भइरहेको बताएका छन् । अस्पताल भर्ना भएपछि आफ्नो स्वास्थ्यका विषयमा विभिन्न किसिमका विभिन्न हल्ला चलेपछि उनले भिडियो सन्देश सार्वजनिक गर्दै आफ्नो स्वस्थ्य राम्ररी सुधार भइरहेको जानकारी दिएका हुन् ।

उनले भिडियो सन्देशमा एपेन्डिसाइटिसको शल्यक्रिया र त्यसको संक्रमण निको हुन हप्ता–दश दिन जति लाग्ने भएपनि आफ्नो स्वस्थ्यमा उल्लेख्नीय सुधार आएको उल्लेख गरेका छन् । ठूलो शल्यक्रियापछि पनि आफु उठेर बोल्नसक्ने साथीसँग कुरा गर्न सक्ने अवस्था र समाचार हेर्ने अवस्थामा रहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले १३ औं सागको आइतबार भब्य उद्घाटन भएकोमा पनि खुशी व्यक्त गरेका छन् । आफुले उद्घाटन समारोह प्रत्यक्ष रुपमा पुरै हेरेको उल्लेख गर्दै उनले मैत्रीपुर्ण खेलवाट देशको इज्जत र क्षेत्रीय मित्रता अघि बढाउन नेपाली खेलाडी र सार्क क्षेत्रका खेलाडीलाई आग्रह गरेका छन् ।

बिहीबार भिडियोमार्फत प्रधानमन्त्री ओलीले भनेका छन्, ‘म मेजर अप्रेसनपछि पनि बोल्न सक्ने भएको छु । सबैसँग कुरा गर्न सक्ने भएँ । समाचार हेर्न सक्ने भएँ । हिजो मैले १३ औं सार्क सम्मेलन उद्घाटन हेरेँ । हेर्न स्क्छु कि सक्दिनँ भन्ने द्विविधा थियो । हेर्न सक्ने भएँ । राष्ट्रपतिज्यूलाई साग उद्घाटन गर्नुभएकोमा र अरू सबैलाई सहभागी हुनुभएकोमा धन्यवाद भन्न चाहन्छु । मैत्रीपूर्ण खेलबाट देशको इज्जत अगाडि बढाउन र क्षेत्रीय मित्रता अघि बढाउन सार्क क्षेत्रका खेलाडीलाई आग्रह गर्न चाहन्छु ।’

उनले एपेन्डिसाइटिस कसैलाई समय र सूचना दिएर नआउने बताउँदै भनेका छन्, ‘यो अचानक आइलाग्छ । मलाई अचानक अप्रत्यासित रूपमा आइलाग्यो । त्यसमा इन्फेक्सन भएछ । त्यसमामत्र इन्फेक्सन सीमित भएको निकालेर फाल्दा हुन्छ । बाहिर पनि संक्रमण फैलियो । त्यसलाई पनि हटाउन प¥यो । हप्ता–दश दिन लाग्ने भयो । स्वास्थ्यमा सुधार भएको छ ।’
अचानक पेट दुखेपछि गत मंगलबार बिहान स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका ओलीमा एपेन्डिसाइटिस देखिएपछि तत्काल शल्यक्रिया गरिएको थियो । प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार बिहान शल्यक्रिया भएको हो ।

Post Add 1025X115
Loading...