नेपाल सेमिफाइनल नजिक

0

१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत टेबलटेनिसको पुरुष टिम इभेन्ट्समा नेपालले लिग चरणको पहिलो खेलमा जित हात पारेको छ।

लैनचौरस्थित टेनिस हलमा भएको खेलमा नेपालले श्रीलंकामाथि ३-१ सेटको जित हात पारेको हो । अब नेपालले सेमिफाइनल प्रवेशका लागि मंगलबार माल्दिभ्सँग खेल्नेछ।

नेपालबाट टिम इभेन्टमा स्यान्टु श्रेष्ठ, पुरुषोत्तम बज्राचार्य र शिव सुन्दर गोथेले सहभागिता जनाएका थिए। आजै भएको खेलमा भारतले पाकिस्तान र बंगलादेशमाथि जित हात पारेको छ। भारत सेमिफाइनलमा पुगिसकेको छ। यस्तै श्रीलंकाले यसअघि भएको पहिलो खेलमा माल्दिभ्स लाई ३-० को सोझो सेटमा पराजित गरेको थियो।

महिलातर्फ नेपाली टोली महिलातर्फ आज भएको खेलमा भारतले माल्दिभ्स र पाकिस्तानलाई समान ३-० कै सेटमा पराजित गरेको छ । यता श्रीलंकाले महिलातर्फ बंगलादेशलाई ३-१ को सेटमा पराजित गरेको छ।

 

Post Add 1025X115
Loading...