पाकिस्तान बिरूद्ध अष्ट्रेलिया इनिङ र ४८ रनले विजयी

0

पाकिस्तान विरुद्धको दोस्रो टेष्ट अष्ट्रेलियाले एक इनिङ र ४८ रनले जितेको छ । जसका कारण अष्ट्रेलियाले सिरीज आफ्नो पक्षमा पारेको छ ।

एडीलेडमा भएको खेलमा पहिले ब्याटिङ गरेको घरेलु टिमले पहिलो पारीमा तीन विकेट गुमाउँदै पाँच सय ८९ रन बनाएको थियो । उसका लागि डेविड वार्नरले ३३५ रनको उत्कृष्ट पारी खेल्दा मार्नुस लाबुसचेग्नेले एक सय ६२ रनको योगदान गरे ।

जवाफमा पाकिस्तान पहिलो पारीमा मात्र तीन सय २ रनमा अलआउट भयो । जसका कारण पाकिस्तान फलोअनमा परेको थियो । उसका लागि यासिर शाहले एक सय १३ रनको पारी खेलेका थिए । पाकिस्तानलाई सस्तैमा रोक्न मिचेल स्टार्कले ६ विकेट लिए ।

फलोअनमा परेपछि दोस्रो पारी सुरु गरेको पाकिस्तान मात्र दुई सय ३९रनमा समेटियो । उसका कुनैपनि खेलाडीले राम्रो खेल्न सकेनन् । पाकिस्तानको दोस्रो पारीमा उच्च स्कोर सान मसुदले बनाएका थिएन । उनले ६८ रन बनाए । दोस्रो पारीमा पनि पाहुना टिमलाई कमजोर पार्न नाथन लियोनले ५ विकेट लिए ।

दुई पारी गरेरपनि अष्ट्रेलियाले बनाएको पहिलो पारीको स्कोर नछोएपछि हार्न पुग्यो । अष्ट्रेलियाको भूमीमा पाकिस्तानले हारेको यो लगातार १४ खेल हो । जसमा उसले १९९९ दखि पाँच सिरीजमा क्लिन स्विप हुनेगरी हारेको हो ।

Post Add 1025X115
Loading...