नेपालले अहिलेसम्म कुनमा कति पदक जित्याे हेराै ?

0

दक्षिण एसियाली खेलकुद सागमा नेपालले स्वर्ण संख्या १० पुर्याएको छ । जसमा करातेमा पाँच, तेक्वान्दोमा चार र ट्रायथलनमा एक स्वर्ण जितेको छ ।

कराँतेको कातामा नेपालका मण्डेकाजी श्रेष्ठले दोहोरो स्वर्ण जित्दै नयाँ कीर्तिमान बनाएका छन । पुरुषको एकल कातामा पहिलो भएका मण्डेले पुरुष टिम कातामा पनि स्वर्ण हात पारे । यसका साथै मण्डे एकै सागमा दुई स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बनेका छन । नेपाली टिमले फाइनलमा श्रीलंकालाई हराएको थियो । नेपाली टिममा मण्डेसँगै महसुस मानन्धर र प्रविन महर्जनले नेपाललाई स्वर्ण दिलाए । नेपाली टिमले २५ दशमलव ५४ अंक ल्यायो भने श्रीलंकाले २५ दशलमव २८ अंक हात पार्यो । यसअघि १० औं सागमा एथ्लेटिक्सका राजेन्द्र भण्डारीले एकै सागमा २ स्वर्ण जितेपछि डोपिङका कारण खोसिएको थियो ।

करातेमा पुरुष एकल कातामा पनि मण्डेले पाकिस्तानी खेलाडीलाई हराँउदै स्वर्ण जितेका थिए । टिम कातामा नेपालका लागि निर्मला तामाङ, सरु कार्की, संगिता मगरले स्वर्ण चुमीन । नेपालले पाकिस्तानलाई पछि पार्दै उपाधिजित्न सफलभयो । पाकिस्तान दोस्रो बनेको छ । श्रीलंकाले तेस्रो स्थानहातपार्यो । नेपालले २४ दशलमव ८८ अंकप्राप्त गर्यो भने पाकिस्तानले २३ दशमलव ३ अंकहातपार्यो ।

यस्तै करातेको पुरुष कुमुतेमा नेपालका लक्ष्मण तामाङले स्वर्ण जिते । लक्ष्मणले ५५ केजी तौल समूहमा बंगलादेशका मोहम्मद मस्तोफालाई पराजित गरे । बंगलादेशी खेलाडीविरुद्ध उनले १९० ले जित निकालेका हुन् । सेमिफाइनलमा उनले श्रीलंकाका वार्नाकुला सुर्यलाई पराजित गरेका थिए । यो सँगै नेपालले करातेमा स्वर्णको संख्या ४ पुर्याएको छ ।

८४ केजी तौल समुहमा दिवस श्रेष्ठले अन्तिममा फल गर्दा रजतमा सिमित बने । यस्तै ८४ केजी माथिको तौल समुहमा विप्लभले पाकिस्तानी खेलाडीलाई हराउँदै स्वर्ण जिते । जसमा उनले पाकिस्तानका मोहम्मद बाजलाई ६–५ स्कोरले हराए ।

यस्तै तेक्वान्दोमा पनि नेपालले स्वर्ण संख्या चार पुर्याएको छ । तेक्वान्दोको पुम्से इभेन्टसमा आयशा शाक्यले स्वर्ण जित्न सफल भइन । उनले सात दशमलव ९४० अंक ल्याउदै स्वर्ण हात पारिन ।

सागमा उनको यो दोस्रो स्वर्ण हो । उनले दुई फरक विधामा स्वर्ण जित्ने पहिलो तेक्वान्दो खेलाडी पनि बनेकी छिन ।

नेपाललाई दोस्रो स्वर्ण दिलाएका कमलले भारतका राहुल जैनलाई हराउँदै स्वर्ण हात पारे ।

तेक्वान्दोको पुम्से इभेन्ट्समा उनले आठ दशमलव २७० अंक प्राप्त गर्दै स्वर्ण हात पारे । दोस्रो स्थानमा रहेका राहुलले ८ दशमलव २०० अंक प्राप्त गरे । तेस्रो स्थानमा श्रीलंकाका खेलाडी रहे । उनले ८ दशलमव ५० अंक प्राप्त गरे ।

महिलाको पुम्सेमा नेपालले अर्को स्वर्ण जितेको छ । नेपालका लागि सिना लिम्बुले स्वर्ण जितीन । उनले फाइनलमा श्रीलंकाकी खेलाडीलाई हराउँद स्वर्ण हात पारिन । पुम्सेमा नै नेपालकी पार्वती गुरुङले स्वर्ण जित्न सफल भइन । २३ देखि २९ बर्षको उमेर समुहमा उनले श्रीलंकन खेलाडीलाई पछि पार्दै स्वर्ण जितीन । जसमा उनले ८ दशमलव २५० अंक प्राप्त गरिन । दोस्रो बनेकी श्रीलंकन खेलाडीले ८ दशमलव १४० अंक हासिल गरिन । तेस्रो स्थानमा भारत रह्यो ।

पुम्सेको १७ देखि २३ बर्ष उमेर समुहमा सिनाले आठ दशमलव १५० अंक प्राप्त गर्दै पहिलो भइन । दोस्रो स्थानमा रहेकी श्रीलंकन खेलाडीले ७ दशमलव ९६० अंक प्राप्त गरिन ।

यस्तै नेपालले ट्रायथलनमा पनि नेपालकालागि सोनी गुरुङले स्वर्ण जितीन । पोखरामाभएको इभेन्ट्समामहिलाको इलाइट स्प्रिन्टमा उनले उपाधिजित्न सफलभइन । ट्रायथलनमा नेपालले पहिलो पटक सागमा स्वर्ण जितेको हो । सोनीले एक घण्टा १३ मिनेट४५ सेकेण्डको समय निकाल्दै स्वर्ण हातपारिन । दोस्रो र तेस्रो स्थानमाभारतीय खेलाडी रहे ।

यस्तै पुरुषतर्फ भारतकाआदर्श सिनिमोलले स्वर्ण जिते भने नेपालकाबसन्तथारुले काश्यहातपारे । बसन्तले एक घण्टा तीनमिनेट ६ सेकेण्डमा रेस पुरा गरे । जसकाकारण उनी तेस्रो स्थानमा रहे ।

Post Add 1025X115
Loading...