साग पुरूष फुटबलमा बंगलादेश भुटानसँग स्तब्ध

0

साग खेलकुद अन्तर्गत पुरुष फुटबलको पहिलो खेलमा नै बंगलादेश भुटानसँग एक शुन्यले स्तब्ध भएको छ ।

निकै रोमाञ्चक बनेको खेलमा भुटानले बंगलादेशलाई आश्चार्यजनक रुपमा पराजित गर्यो । पहिलोह हाफ गोलरहित बराबरी भएको खेलको ६० औं मिनेटमा भुटानले खेलमा अग्रता बनायो । उसका लागि सेन्चोले गोल गर्न सफल भए ।

जसका कारण बंगलादेश एक शुन्यले पछि पर्यो ।

एक गोलले पछि परेको बंगलादेशले खेलमा फर्कन भुटानलाई निकै दबाव दिएको थियो । तर सफल हुन सकेन । जसका कारण बंगलादेश पराजित भयो । योसँगै भुटानले तीन अंक जोडेको छ ।

Post Add 1025X115
Loading...