पुरुष भलिबल : कास्य पदकका लागि श्रीलंकाविरुद्ध बंगलादेश पहिलो सेटमा विजयी

0

काठमाडौं, १६ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्ग कास्य पदकका लागि अहिले बंगालदेश र श्रीलंकाले प्रतिस्पर्धा गरिरहेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कर्भडहलमा जारी खेलमा पहिलो सेट २५–२३ले जितेको हो ।

सुरुदेखिनै प्रतिस्पर्धा भएको पहिलो सेटमा एक समय बंगलादेशले १६ स्कोर गर्दा श्रीलंकाले १५ स्कोर गरेको थियो । त्यसपछि बंगलादेशले ४ अंक थप्दै २० अंक बनाउँदा श्रीलंकाले २ अंक थप्दै १७ अंक पुर्याएको थियो ।

बंगलादेशले २१ अंक बनाउँदा श्रीलंकाले पनि १८ अंक पुर्याएको थियो । श्रीलंकाले सर्भिस विगारे पछि बंगलादेशले २२ अंक बनाउन सक्यो । बंगलादेशलाई २२ अंक रोक्दै लगातार २ म्याच प्वाइन्टका साथ श्रीलंकाले कम ब्याक गरेको थियो ।

निकै प्रतिस्प्र्धात्मक खेलमा बंगलादेशलाई २४ अंकमा रोक्दै श्रीलंकाले २३ अंक बनाएको थियो । तर ब्लक मार्फत अंक हासिल गर्दै बंगलादेशले पहिलो सेट २५–२३ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

Post Add 1025X115
Loading...