मण्डेले गरे सागकाे २ स्वर्ण छाेरीलाई समर्पित

0

करातेका स्वर्णधारी मण्डेकाजी श्रेष्ठले सागमा जितेकाे दुई स्वर्ण आफ्नो छोरिलाई समर्पित गरेका छन् ।

जारी १३ औं दक्षिण एसियाली खेलकुदकाे करातेको टिम र एकल कातामा स्वर्ण जित्दै एकै सागमा २ स्वर्ण जित्ने पहिलाे नेपाली खेलाडी बनेका मण्डेले जितेकाे पदक छोरिलाई समर्पित गरेको बताए ।

उनले पदक जितेपछि भावुक हुँदै भने- निकै हर्षित छु । यो इतिहास हो । २० वर्षपछि स्वर्ण आएको छ । ११ औं साग केहि कारणले खेल्न पाइन् । १२ औं मा सहभागी भईएन, मण्डेले भने । यसपटक जितेकाे छोरी, घर परिवार, क्लब पुलिस क्लबप्रति समर्पित गर्न चाहन्छु ।

Post Add 1025X115
Loading...