माल्दिभ्सकाे मात्र १७ रनकाे लक्ष्य, नेपालकी अञ्जलीकाे नयाँ कीर्तिमान

0

दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पोखरामा जारी महिला क्रिकेटमा नेपालले माल्दिभ्सबाट मात्र १७ रनको लक्ष्य पाएको छ ।

पहिले ब्याटिङ गरेको माल्दिभ्सले निकै फितलो प्रदर्शन गर्यो । नेपालमा पुगेर एउटा अभ्यास खेल खेलेको माल्दिभ्सका कुनैपनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

माल्दिभ्स विरुद्ध अञ्जली चन्दले महिला क्रिकेटमा कीर्तिमानी बलिङ गरिन । उनले माल्दिभ्स विरुद्ध एक रन पनि  नदिदा ६ विकेट लिएर नयाँ कीर्तिमान बनाइन । उनले पहिलो ओभरमा मेडेन राख्दै तीन विकेट लिइन भने दोस्रो ओभरमा पनि एक रन पनि खर्चिनन् । तेस्रो ओभरमा थप एक विकेट लिइन । जसका कारण उनले महिला क्रिकेटमा कीर्तिमानी फिगर बनाइन ।

यसअघि कम रन दिएर धेरै विकेट लिने कीर्तिमान मलेसियाकी मास एलिसाको नाममा थियो । एलिसाले चीन विरुद्धको खेलमा चरा ओभरमा एक मेडेन राख्दै तीन रन दिएर ६ विकेट लिएकी थिइन ।

Post Add 1025X115
Loading...