बलियो टिमबिरुद्ध सँधै मेस्सीकै कारण जित मिल्छ–भाल्भर्डे

0

एट्लेटिको मड्रिडबिरुद्ध जित निकालेसँगै बार्सिलोनाका प्रशिक्षक एर्नेस्टो भाल्भर्डेले मेस्सी भएपछि ढुक्क हुनुपर्ने बताएका छन् ।

आइतबार बार्सिलोनाले एट्लेटिको मड्रिडलाई १–० ले पराजित गर्दै शिर्ष स्थानमा उक्लिन सफल भयो । बार्सिलोनाको जितमा कप्तान मेस्सीले निर्णायक गोल गरेका थिए ।

‘जब बिपक्षी एकदम बलियो हुन्छ । त्यो समय मेस्सीको कारणले सँधै हामीलाई फाइदा हुन्छ’ खेलपछि भाल्भर्डेले भने ।

साथै भाल्भर्डेले सिजनको शुरुवात केही खराब रहेपनि अब बार्सिलोना लयमा फर्किएको र आगामी खेलहरु झनै उत्कृष्ट हुने दाबि सकेत गरे ,

बार्सिलोनाको जितमा बार्सिलोनाका गोलकिपर टेर स्टेगिनको पनि अहम भूमिका रहेको थियो । उनले एट्लेटिकोको धेरै जसो प्रहारलाई बचाएका थिए ।

‘स्टेगिनले राम्रो प्रदर्शन गरे, उनको कारणले नै हामी शिर्ष स्थानमा उक्लन सफल भएका हाँै’ स्टेगिनको तारिफ गर्दै भाल्भर्डेले भने ।
उक्त खेलमा बार्सिलोनाका जिरार्ड पिके घाइते भएका थिए । र उनि ठिक भएको तर आफुहरुले जोखिम मोल्न नचाहेको समेत भाल्भर्डेले प्रस्ट पारे ।

Post Add 1025X115
Loading...