मार्टिनेज नायक बन्दा इन्टरमिलान सिरिएको शीर्ष स्थानमा

0

इन्टरमिलान इटालियन सिरिएको शीर्ष स्थानमा उक्लिएको छ । स्पाललाई २–१ ले हराउँदै इन्टरमिलान युभेन्टसलाई पछि पार्दै शीर्ष स्थानमा पुगेको हो ।

इन्टर मिलानको जितमा लउटारो मार्टिनेज नायक बने । पहिलो हाफमा उनले गरेको दुई गोलका कारण इन्टरमिलान विजयी भएको थियो ।

खेलको १६औं मिनेटमा ब्रोन्जोभिचको पासमा मार्टिनेजले गोल गरेका थिए । ४१औं मिनेटमा कान्द्रेभाको पासमा ब्यक्तिगत दोस्रो गोल गर्दै मार्टिनेजले पहिलो हाफअघि इन्टरमिलानलाई दुई गोलको अग्रता दिलाएका थिए ।

खेलको ५०औं मिनेटमा भालोटीले स्पालका लागि गोल गर्दै टिमलाई खेलमा फर्काएका थिए । बाँकी समयमा थप गोल हुन नसक्दा इन्टमर मिलानले घरेलु मैदानमा जित निकालेको हो ।

यो जितसँगै इन्टरमिलानले युभेन्टसलाई एक अंकले पछि पारेको छ । यसअघि युभेन्टस सुसुलोसँग २–२ गोलको बराबरीमा अंक बाढ्न बाध्य भएको थियो ।

इन्टरमिलानले ३७ अंक बनाएको छ भने युभेन्टसको ३६ अंक छ ।

Post Add 1025X115
Loading...