म्यान्चेष्टर युनाइटेड तीन खेलमा जितबिहीन, लेस्टर सिटी दोस्रो स्थानमा

0

इंग्लिस प्रिमियर लिगमा म्यान्चेष्टर युनाइटेड बराबरीमा रोकिएको छ ।

आइतबार राती वल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेड एष्टनभिल्लासँग २–२ गोलको बराबरीमा रोकिन पुग्यो ।
यो बराबरीसँगै युनाइटेड तीन खेलमा जित बिहीन बनेको छ ।

यसअघि म्यान्चेष्टर युनाइटेडले युरोपा लिगमा पराजित भएको थियो भने त्यसअघि प्रिमियर लिगमा शेफिल्ड युनाइटेडसँग ३–३ गोलको बराबरीमा रोकिएको थियो ।

खेलको ११औं मिनेटमा ज्याक ग्रेलिसले गोल गर्दै एष्टनभिल्लालाई अग्रता दिलाएका थिए । ४२औं मिनेटमा टम हिटनले आत्मघाती गोल गरेपछि पहिलो हाफमा युनाइटेड १–१ को स्थितीमा फर्कियो ।

६४औं मिनेटमा भिक्टर लिन्डेलोफले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । तर, त्यसको दुई मिनेटपछि टाइरोन मिंग्सले एष्टनभिल्लाका लागि गोल गर्दै खेल बराबरीमा पु¥याए । उनले म्याट टार्गेटको पासमा गोल गरेका थिए ।

बराबरीपछि युनाइटेड १८ अंक सहित नवौं स्थानमा छ । भिल्ला भने १५ अंक जोड्दै १५औं स्थानमा उक्लिएको छ ।
एभर्टनलाई २–१ ले हराउँदै लेस्टर सिटी लिग तालिकाको दोस्रो स्थानमा कायम छ ।

किंग पावर स्टेडियममा भएको खेलको खेलको इन्ज्युरी समयको चौथो मिनेटमा केलिची इहेनाचोले गरेको प्रहारलाई भीएआरले गोल करार गरेपछि घरेलु समर्थकलाई खुसी दिलाएका थिए ।

त्यसअघि २३औं मिनेटमा रिचार्डलिसनले गोल गर्दै एभर्टनलाई अग्रता दिलाएका थिए । ६८औं मिनेटमा जेमी भार्डीले इहेनाचोको पासमा गोल गर्दै खेल बराबरीमा पु¥याएका थिए ।

जितसँगै लेस्टर सिटी दोस्रो स्थानमा कायम रहेको छ । १४ खेलबाट लेस्टरले ३२ अंक बनाएको छ भने एभर्टन १४ अंक सहित रेलिगेसन जोन नजिक छ ।

Post Add 1025X115
Loading...