फुटबलकाे खेलतालिकामा माल्दिभ्स र श्रीलंकाका प्रशिक्षक असन्तुष्ट

0

माल्दिभ्स फुटबल टिमका प्रशिक्षकले खेल तालिका परिवर्तन गरेकोमा आपत्ती जनाएका छन ।

भोलीबाट सुरु हुने फुटबल खेल अगाडी आयोजना गरिएको प्रिम्याच कन्फ्रेन्समा बोल्दै माल्दिभ्सका प्रशिक्षकले आयोजकले खेलाडीको स्वास्थ्यको अवस्थामा पर्ने असर नहेरी खेल तालिका बनाएको र माल्दिभ्सले पुरानै खेल तालिका अनुसार खेल्न पाउनेपर्ने बताए ।

यसका साथै उनले हरेक दिन खेल्नु टिमका खेलाडीका लागि उचित नहुने भन्दै आपत्ती जनाए । माल्दिभ्सका प्रशिक्षकले भारत नआएपछि खेल तालिका किन परिवर्तन गरिएको र भारतलाई त्यति महत्व दिनुको कारणबारेपनि प्रश्न तेस्र्याए ।

यसका साथै उनले हचुवाको भरमा खेल तालिका बनाएको र आफ्नो टिमले प्रिम्याच कार्यक्रमका २० मिनेट अगाडीमात्र नयाँ खेल तालिका थाहा पाएको धारणा राखे ।  यसका साथै उनले यदि खेल तालिका परिवर्तन नभएमा आफ्नो टिमले खेल्न नसक्ने बताए । उनले आफ्ना खेलाडीलाई जोखिम मोल्न नदिने बताए ।

उनले यदि पुरानै तालिका अनुसार प्रतियोगिता भएन भने टिमका ब्यवस्थापकसँग कुरा गरेर बाँकी बताउने धारणा राखे ।

यस्तै श्रीलंका टिमका प्रशिक्षकले भने आफ्नो टिम जित्नका लागि नेपाल आएको बताए ।

नेपाल आउनु अगाडी टिममा केहि परिवर्तन गरिएको उनले खुलासा गरे । सागमा सहभागिता जनाउन नमान्ने खेलाडी विरुद्ध एक्सन लिएको उनले बताए ।

श्रीलंकाका प्रशिक्षकले पनि खेल तालिका परिवर्तन गरिनुमा असन्तुष्टी जनाए । खेल भनेको नियममा रहेर खेल्नुपर्ने, हामी पदक जित्नका लागि आएका थियौ, तर अचानक सेड्युल परिवर्तन भएकाले केहि कठिन हुने बताए ।

यस्तै भुटानका कप्तानले आफ्नो टिम अन्डरडग रहेको बताए । उनले बंगलादेश विरुद्धको खेलका लागि आफुहरु तयार रहेको धारणा राखे । अरु टिमले जस्तो आफुहरुलाई खेल तालिकाका बारेमा कुनै टिप्पणी गर्न आवश्यक नरहेको बताए ।

प्रशिक्षकले भने भुटानले राम्रो फुटबल खेल्ने र सबैले स्वर्णका लागि लक्ष्य लिएको बताउँदै आफुहरुपनि त्यसैका लागि खेल्ने धारणा राखे । प्रशिक्षकले नेपाल र भुटानको बातावरण मिल्नु टिमका लागि फाइदाजनक हुने बताए ।

Post Add 1025X115
Loading...