बास्केबलमा पुरूषमा माल्दिभ्स र महिलामा बंगलादेशसँग नेपालकाे पहिलाे खेल

0

१३ दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष बास्केटबलमा नेपालले पहिलाे खेल माल्दिभ्ससँग खेल्न भएकाे छ । समुह ए मा रहेकाे नेपालले समुह चरणमा बङ्गलादेश, माल्दिभ्स र भुटानसँग खेल्नेछ ।

बास्केटबल संघले सार्वनजिक गरेकाे खेल तालिका अनुसार नेपालले मंसिर २० गते माल्दिभ्ससँग खेल्नेछ । यस्तै दाेस्राे खेलमा नेपालले २१ गते बङ्गलादेशबिरुद्ध खेल्नेछ भने २२ गते भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।

समुह बी मा भारत, श्रीलंका र पाकिस्तान रहेका छन । समुहमा शिर्ष २ टिमले सेमिफाइनलमा स्थान बनाउनेछन ।

यस्तै महिला बास्केटबलमा नेपालले पहिलाे खेल बंगलादेशसँग खेल्ने भएकाे छ । समुह बी मा रहेको नेपालको समुहमा बङ्गलादेश र भुटान छन । नेपालले मंसिर १९ गते बङ्गलादेश २२ गते भुटानसँग खेल्कोनेछ ।

समुह ए मा भारत, पाकिस्तान, श्रीलंका र माल्दिभ्स रहेका छन् ।

 

Post Add 1025X115
Loading...