सागका लागि कीर्तिपुर मैदान चिटिक्क पारियाे

0

दक्षिण एसियाली खेलकुद सागका लागि कीर्तिपुर क्रिकेट मैदानलाई स्तरउन्नती गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले मैदानलाई मर्मत गरेर चिटिक्क पारिएको छ ।

करिव दुई बर्षपछि अन्तराष्ट्रिय क्रिकेट नेपालमा हुन लाग्दा कुनैपनि कमजोरी नदेखियोस भनेर क्यानले मैदानको मर्मत गरेको छ । यसका साथै केहि संरचना थपिएको छ भने यसअघि भत्किएका पुर्वाधारलाई मर्मत गरेको छ । भिआइपी स्थानमा नयाँ संरचना बनाइएको छ । यसका साथै यसअघि टुटेफुटेकमा सामानहरुलाई मर्मत गरिएको छ ।

मैदानको आउफिल्टलाई हरियो पारेर नयाँ ढाँचा दिइएको छ । यतिमात्र होइन दर्शकको सुविधाका लागि पनि केहि पुर्वाधार बनाएको छ । करिव तीन साताबाट दुर्तगतिमा मैदानको मर्मत गरेर सागका लागि कीर्तिपुरको मैदानले स्वरुप फेरेको छ ।

करिव ६ बर्षपछि अन्तराष्ट्रिय टी २० क्रिकेट प्रतियोगिता हुने लागेको कीर्तिपुरमा सरसफाई देखि सबैभागमा काम भएको छ ।

 

Post Add 1025X115
Loading...