‘ए’ डिभिजन लिगका लागि संकटाकाे टिम तयार (हेराै खेलाडी सूची)

0

अखिल नेपाल फुटबल संघ एन्फाले मंसिर २८ गतेबाट गर्न लागेको ए डिभिजन लिगका लागि संकटा क्लवले टिम तयार पारेको छ । लिगका लागि संकटाले २१ खेलाडीको टिम बनाएको छ । जसमा २ विदेशी खेलाडी रहेका छन ।

अघिल्लो सिजन संकटा लिगमा दोस्रो भएको थियो । जुन उसका लामो समयपछिको सफल प्रदर्शन थियो । यसपटक पनि उत्कृष्ट नतिजाको लक्ष्य राखेको संकटाले विदेशी खेलाडीका रुपमा अर्नेष्ट टेम्पे र भेसुके पिएरीलाई राखेको छ ।

यस्तो छ संकटाको टिम
राजेश तुलाधर, विनय श्रेष्ठ, राजाबाबु थापा, रोहित कार्की, अजय महर्जन, अर्नेष्ट टेम्पे, रवी सिलवाल, अमित तामाङ, सरोज दाहाल, रोशन लिम्बु, राजेन्द्र रावल, सुभाश गुरुङ, लक्ष्मण रुचाल, भेसुके पिएरी, टिकाराज गुरुङ, क्षितिज राज जिसी, दिपेश आलेमगर, जनक कोइराला, लक्ष्मण गुरुङ

संकटाको टिममा रोहित कार्की यू–१८ का खेलाडी हुन भने विशाल शाही, राजेन्द्र रावल एपीएफबाट फेरी संकटामा फर्किएका खेलाडी हुन । यस्तै पिएरी क्यामरुनका खेलाडी हुन । उनले दाउफिन्सबाट घरेलु लिग खेलेका थिए ।

यो लिगमा टिकाराज गुरुङले डेब्यु गर्नेछन भने क्षितीजराज जिसीले पनि पहिलो पटक ए डिभिजन लिग खेल्नेछन ।

Post Add 1025X115
Loading...