संकटाले तयार पार्याे आफ्नै प्रशिक्षण मैदान

0

 

ए डिभिजन क्लव संकटाले क्लवको आफ्नै प्रशिक्षण मैदान तयार पारेको छ । एएफसीले क्लव लाइसेन्सलाई अनिवार्य गरेका बेला संकटाले आफ्नै मैदानको उद्घाटन गरेको छ ।

२००८ सालमा स्थापना भएको संकटा क्लवले यो मैदानका लागि जग्गा भाडामा लिएको हो । १५ बर्षका लागि भाडामा लिएको संकटाले ३२ रोपनी क्षेत्रफलमा बर्षको नौ लाख भाडा तिर्ने सर्तमा जग्गा लिएको हो ।

सामुदायीक क्लवका रुपमा रहेको संकटाले यो मैदानलाई अब एकेडेमीका रुपमा अगाडी बढाउने भएको छ । मैदानमा हरीया दुबो रोप्नका लागि करिव १९ लाख रुपैयाँ खर्च गरिएको छ । जसमा मैदानको लेभल मिलाउन २ लाख र सम्याउन ८ लाख रुपैयाँ खर्च भएको छ । यसअघि पनि संकटाका खेलाडीले यो मैदानमा प्रशिक्षण गरिसकेका छन । खेलाडीको एक्सचेन्ज रुमका साथ केहि सुविधा पनि राखिएको छ ।

यहि मैदानलाई संकटाले निकट भविष्यमा आफ्नो घरेलु मैदान बनाउने लक्ष्य राखेको छ । मैदानमा दुई महिनापछि प्यारापिट थप्ने काम सुरु हुनेछ ।

क्लवका अध्यक्ष इन्द्रमान तुलाधरले यो मैदान सागमा सहभागि टिमले प्रशिक्षण गर्नसक्ने पनि बताए । फुटबलमात्र होइन पर्यटकलाई पनि आर्कषित गर्नका लागि क्लवले भविष्यमा सुविधा युक्त होटेलपनि बनाउने बताएको छ ।

अब यो मैदान तयार भएपछि संकटाले हरेक साथ ग्रासरुट फुटबल कार्यक्रम सञ्चालन गर्नेछ । जसका लागि प्रशिक्षणमा आउने खेलाडीलाई सबै सामाग्रि उपलब्ध गराउनेछ ।

मैदानको उद्घाटन कार्यक्रममा बोल्दै एन्फा अध्यक्ष कर्माछिरीङ शेर्पाले मैदानको वरिपरी बार लगाउने काम संघले गर्ने बताए । यसका साथै क्लवले यस्तो मैदान बनाउनु नेपाली फुटबलका लागि कोशेढुंगा सावित हुने अध्यक्ष शेर्पाले बताए ।

यस्तै राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेश सिलवालले यो कदमले अरु क्लवलाई पनि मैदान बनाउन दबाव हुने बताए ।

हेराै तस्विरमा

Post Add 1025X115
Loading...