राम्रो गरेमा नेपालको ओपनिङ फेरी सम्हाल्नेमा विश्वस्त छु – सुवास खकुरेल (भिडियाे)

0

अन्तराष्ट्रिय क्रिकेटमा नेपालका लागि सतक प्रहार गर्ने खेलाडीको सूचीमा रहेका खेलाडी हुन सुवास खकुरेल । तर पछिल्लो पटक सुवास क्रिकेटबाट केहि टाढा रहे । कारण थियो चोट ।

कुनैपनि खेलाडीलाई चोट सबैभन्दा ठुलो दुश्मन हो भन्ने कुरा सुवास सहजै स्विकार्छन । एक बर्ष लामो समयमा क्रिकेट ब्याट नसमातेका सुवास यतिबेला पोखरामा हुने पोखरा प्रिमियर लिग खेल्ने तयारीमा छन । त्यसका लागि उनी करिव दुई साता देखि प्रशिक्षणमा ब्यस्त बनेका छन ।

एक बर्ष अगाडी हातको चोटबाट मुक्त भएर फर्किएका सुवासलाई फेरी खुट्टाको चोटले सतायो । हातको चोटबाट पुर्ण रुपमा ठिक भएको सोचेर घरेलु क्रिकेटमा फर्किएका सुवासले प्रधानमन्त्री कप क्रिकेटमा सतक पनि प्रहार गरे । यसका साथै उनले धनगढी प्रिमियर लिगमा पनि राम्रो प्रदर्शन गरे ।

तर चोट पुर्णरुपमा ठिक नहुँदै क्रिकेटमा फर्किएका सुवासलाई फेरी त्यो चोटले सताउन थाल्यो । खेल्दा खेल्दै सोहि चोट बल्झिन पुग्यो । तर यो विचमा उनले राष्ट्रिय टिममा कमब्याक पनि गरे । जसमा लर्डसमा नेदरल्याण्ड्स विरुद्ध भएको सिरीज र नेदरल्याण्ड्समा नै घरेलु टिम विरुद्धको सिरीजमा उनी टिममा परे ।

तर उनले सोचेको जस्तो प्रदर्शन गर्न सकेनन् । त्यसपछि आफु अब मेहेनत गरेर राम्रो गर्ने सोच बनाइरहेका बेला फेरी उनको खुट्टामा चोट लाग्यो । जसले उनलाई एक बर्ष आफ्नो प्रिय खेल बाहिर राख्यो । जसका कारण उनले क्रिकेटबाट टाढिएर पारीवारीक ब्यापारमा लागे ।

अहिले डाक्टरको सल्लाहमा क्रिकेट खेल्न हुन्छ भनेपछि उनी कमब्याकको तयारीमा रहेका छन । पीपीएललाई आफ्नो प्रमुख हतियार बनाउने सोचमा रहेको सुवासका लागि कमब्याक सोचेको जस्तो सजिलो भने छैन । तरपनि उनी अझै राम्रो गरेर राष्ट्रिय टिममा फर्किन्छु भन्ने विश्वासमा छन । उनी भन्छन, राष्ट्रिय टिममा ओपनरको अझैपनि खोजी भइरहेको छ, धेरै खेलाडीमा परिक्षण गरेपनि सफल भएको छैन, त्यसैले यदि मैले राम्रो गरेमा त्यो स्पट लिनसक्छु जस्तो लाग्छ ।

सुवासको बाँकी कुराकानी भिडियोमा हेरौ

Post Add 1025X115
Loading...