पहिलो सेट गुमाउनु नै दुर्भाग्य : भलिबल प्रशिक्षक जगदीश

0

नेपाली भलिबल टिमका प्रशिक्षक जगदीश भट्टले भारतसँग राम्रो खेलेको बताएका छन् । भारतसँग तीन सून्यको सेटमा पराजित भएपछि पत्रकारसँग कुरा गर्दै प्रशिक्षक भट्टले पहिलो सेट गुमाउनु नै दुर्भाग्य भएको बताए ।

उनले भने ‘भारतले पहिलो सेट जित्दा उनीहरुको मोरल हाइ भयो भने हाम्रो डाउन भयो । नेपाली टिम भन्दा भारत निकै माथिल्लो स्तरको रहेकाले आज हामीले सक्ने जति खेल्यौं ।’

पहिलो खेलमा बंगलादेशलाई पराजित गरेकाले हामी सेमिफाइनल नजिक छौं । सेमिफाइनलमा अर्को समूहको विजेताको रुपमा श्रीलंका आउने सम्भावना छ । यस्तोमा हामी सेमिफाइनल प्रवेश गरे श्रीलंकासँग खेल्दा अहिलेको गल्तिलाई कम गर्दै अघि बढ्ने बताए । उनले फाइनल पुग्ने प्रयासका लागि खेल्ने बताए ।

निरुता ठगुंन्नालाई कोर्टमा प्रवेश गराँउँदा अंक गुमाएको विषयमा जिज्ञाषा राख्दा प्रशिक्षक भट्टले उ राम्रो खेलाडी हो र उ कोर्ट प्रवेश गर्दा हामीले अलि प्रेसरमा थियौं । त्यो प्रेसर थेग्न अलि गाह्रो भयो ।

Post Add 1025X115
Loading...