सागकाे पुरूष फुटबलकाे नयाँ खेल तालिका, नेपालकाे पहिलाे खेल भुटानसँग

0

आसन्न दक्षिण एसियाली खेलकुद सागमा भारतले सहभागिता नजनाउने भएपछि पुरुष फुटबल टिमको खेल तालिका पनि परिवर्तन भएको छ ।

जसमा अखिल नेपाल फुटबल संघले नयाँ खेल तालिका सार्वजनिक गरेको छ । जसमा नेपालले पहिलो खेल भुटानसँग खेल्ने भएको छ । डिसेन्बर तीन तारिखमा हुने खेलमा नेपालले भुटानसँग खेल्नेछ । त्यसपछि नेपालले चार तारिखमा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ ।

राउण्डरोविन लिगका आधारमा हुने प्रतियोगितामा नेपालले तेस्रो खेल माल्दिभ्स विरुद्ध ६ डिसेम्बरमा खेल्नेछ । लिगका अन्तिम खेलमा नेपालले आठ तारिखमा बंगलादेशसँग खेल्नेछ ।

यसअघिको खेल तालिकामा नेपालले पहिलो खेल बंगलादेशसँग खेल्ने योजना थियो भने दोस्रो खेलमा भुटानसँग थियो । भारतले अन्तिम समयमा नआउने बताएपछि फुटबलको पुरै खेल तालिका परिवर्तन भएको छ ।

यसका साथै दशरथ रंगशालामा हुने खेलका समयपनि तोकिएको छ । जसमा पहिलो खेल दिउसो तीन बजे र दोस्रा खेल साँझ ५ बजे हुनेछ । नेपालले सबै खेल साँझ ५ बजे खेल्नेछ । सागका लागि राष्ट्रिय खेलकुद परिषद्ले पाँच सय र एक हजार टिकट दर तोकेको छ । यसपटकको फुटबल र क्रिकेटको टिकटको जिम्मा निजी कम्पनीलाई दिएको छ ।

Post Add 1025X115
Loading...