प्रशिक्षककाे परिवर्तनले पनि टिममा असर पर्याे- कप्तान इम

0

ब‌गलादेशसँगकाे हारपछि नेपाली राष्ट्रिय पुरुष भलिबल टिमका कप्तान ईम राना मगरले सर्भिस बिग्रदा हारकाे सामना गरेकाे बताएका छन ।

नेपाल बंगलादेशसँग ३-२ को सेटमा पराजित भएको हाे । कप्तान इमले टिमलाई जित्नै पर्ने थियो तर भएन । हाम्रो टिमको रिसिभ राम्रो भयो । तर, सर्भिसमा गल्ति भयो । जसले हाम्राे नतिजा खराव भयाे । यसका साथै उनले पहिलो खेलमा पराजित भएपनि दोस्रो खेलमा भारतविरुद्ध उत्कृष्ट खेल्ने लक्ष्य रहेको बताए ।

उनले भने- भारतविरुद्ध राम्रो खेल्छौ । भारतको स्तर धेरै राम्रो छ, हामी भारतलाई हराउने भन्दा पनि राम्रो खेल्ने प्रयास गर्छौं ।

यस्तै ईमले प्रशिक्षक परिवर्तनको असर समेत टिममा परेको धारणा राखे । बंगलादेशको प्रशिक्षक निरन्तर छन् । हाम्रो परिवर्तन भईरहेको छ । जसले गर्दा गार्हो भएकाे बताए ।

Post Add 1025X115
Loading...