प्रशिक्षक भट्टको भनाई ‘भारतलाई जित्दै सेमिफाइनल पुग्ने इच्छा छ’

0

नेपाली महिला भलिबल टिमका प्रशिक्षक जगदीश भट्टले बंगलादेशविरुद्धको सहज जितले नेपाली खेलाडीको झनै आत्मविश्वास बढाएको बताएका छन् ।

बंगलादेशविरुद्ध नेपाली टिमले ३–० को सहज जित निकाले पछि पत्रकारसँग कुरा गर्दै भट्टले तयारी अनुसारको नतिजा आएको बताए । उनले हालै बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोनमा स्वर्ण पदक जितेकाले सागमा पनि स्वर्ण पदक जित्नु पर्ने चुनौती रहेको बताए । बंगलादेशको टिमको स्तर नेपालको भन्दा कमजोर भएकाले पनि नेपाली खेलाडीले स्लो खेलेको प्रशिक्षक भट्टको भनाई छ । उनले विहीबार भारतसँगको खेलका लागि आफू तयार रहेको बताउँदै आज भएको गल्ती भारतसँगको खेलमा कम हुने विश्वास पनि व्यक्त गरे ।

नेपालले बंगलादेशलाई पहिलो र दोस्रो सेटमा अन्डर टेनमा हराए पनि तेस्रो सेटमा भने ११ अंक सम्म पुगेको थियो । यस विषयमा जवाफ दिँदै सवै खेलाडीलाई मौका दिएको र यसले खासै फरक नपर्ने उल्लेख गरे ।

भारतलाई एसियाको भलिबलमा पावर हाउसको संज्ञा दिँदै भारतसँग जित निकाल्ने लक्ष्यका साथ खेल्ने बताउँदै यदि समूह चरणमा पराजित भए सेमिफाइनलमा श्रीलंकासँग खेल्दै फाइनल पुग्ने लक्ष्य रहेको पनि सुनाए । यस्तै नेपाली टिमकी कप्तान अरुणा शाहीले आज राम्रो खेलेपनि आज भएको गल्ती अर्को खेलमा कम हुने प्रतिवद्धता जाइन् ।
बंगलादेशका प्रशिक्षकले नेपालले राम्रो गेम खेलेको बताए । आफ्नो टिम नयाँ भएकाले अझै एक्स्पोजरको आवश्यकता रहेको उनको भनाई थियो ।

Post Add 1025X115
Loading...