ए डिभिजन लिगका लागि मच्छिन्द्रले मनाङबाट ७ र थ्रीस्टारबाट ६ खेलाडी भित्र्यायाे

0

नयाँ सिजनको ए डिभिजन लिगका लागि मच्छिन्द्र क्लवले मनाङको सेटलाई नै अनुबन्ध गरेको छ । जसमा मनाङबाट खेलेका सात जना खेलाडीलाई मच्छिन्द्रले अनुबन्ध गरेको छ ।

ए डिभिजन लिग आउन केहि सातामात्र बाँकी रहेका बेला क्लवहरु खेलाडी अनुबन्धमा ब्यस्त बनेका छन । यस्तैमा मच्छिन्द्र क्लवले मनाङका चर्चित अनुहारलाई अनुबन्ध गरेको हो ।

मनाङबाट मच्छिन्द्र क्लवमा अनुबन्ध हुने खेलाडीमा अभिशेक रिजाल, विजय धिमाल, विशाल राई, विशाल श्रेष्ठ, दिपक राई, हेमन गुरुङ, सुजल श्रेष्ठ,एडिजेला सोमिडी रहेका छन ।

यसका साथै क्लवले थ्रीस्टारबाट पनि ६ जना खेलाडीलाई भित्र्याएको छ । थ्रीस्टारबाट मच्छिन्द्र जाने खेलाडीमा पिटर सुगुन, योगेश गुरुङ, रञ्जित धिमाल, विजय धिमाल, बुद्ध चेम्जोङ, देबेन्द्र तामाङ छ । उसले नेपाल पुलिसका रेजिन शुब्बालाई पनि क्लवमा ल्याएको छ ।

नेपालका दुई ठुला क्लवबाट खेलाडी भित्र्याएको मच्छिन्द्रले खेलाडीको रकम भने खुलाएको छैन । यसपटक मच्छिन्द्रले लिगको उपाधिको लक्ष्य राखेको छ ।

Post Add 1025X115
Loading...