पाेखरा प्रिमियर लिगबाट फर्ममा फर्कने तयारीमा पृथु (भिडियाे)

0

कुनैपनि खेलाडीका लागि चोट दुस्मन हो भन्ने कुरा क्रिकेटर पृथु बास्कोटाका लागि सिद्द भयो । राम्रो संभावना बोकेका खेलाडीका रुपमा हेरिएका पृथु पछिल्लो पटक क्रिकेटबाट हराएको जस्तो भान भएको छ ।

उमेर समुहमा यू १६, यू १९ हुँदै सिनियर टिममा पुगेका पृथु एकदिवसिय क्रिकेटमा मध्यक्रमका खेलाडीमा राम्रो क्षमता भएका खेलाडीमा मानिन्थे । नेपाललाई यू १९ मा कप्तानी गरेका पृथुले आइसीसी विश्व क्रिकेट लिग डिभिजन थ्रीको उपाधि जित्दा विजयी रन प्रहार गर्ने खेलाडी थिए । नेपालले एकदिवसिय विश्वकप छनोट खेल्दा चोट बोकेका पृथुले उपचारका लागि पनि लामै संघर्ष गर्नुपरेको थियो । अष्ट्रेलियामा गएर उपचार गरेका पृथुको करियर सो चोटपछि ओरालो लाग्यो ।

चोटबाट पूर्णरुपमा निको हुन लामो समय मैदान बाहिर बसेका पृथु केहि समयका लागि क्रिकेटबाट टाढा भए । ब्यापारमा पनि हात हालेका पृथुले चोटमुक्त भएपछि घरेलु क्रिकेटमा कमब्याक त गरे, तर सोचेको जस्तो प्रर्दशन हुन सकेन । नेपालमा आयोजना हुने फ्रेन्चाइजी लिगमा पृथुले खेलिरहेका छन । उनले पोखरा प्रिमियर लिग, धनगडी प्रिमियर लिग, एभरेष्ट प्रिमियर लिगमा आफ्नो क्षमता देखाउने प्रयास गरेपनि सोचेको जस्तो नतिजा हात पार्न सकेनन् ।

नेपाली क्रिकेटमा एकपछि अर्को रुपमा युवा खेलाडी आइरहेका बेला पृथुलाई राष्ट्रिय टिममा कमब्याक गर्न भने निकै चुनौती रहेको छ । तरपनि उनी आफ्नो प्रयासलाई जारी राखेका छन । यतिबेला पृथु पोखरामा आयोजना हुने पोखरा प्रिमियर लिगको तयारीमा रहेका छन । काठमाडौं गोल्डेन्सबाट खेल्दै आएका यतिबेला त्यसैको तयारीमा रहेका छन । अघिल्लो सिजनपनि यहि टिमबाट खेलेका पृथु यसपटक भने आफ्नो फर्मलाई देखाउन चाहन्छन ।

हेरौ पृथुको पीपीएलको तयारी

Post Add 1025X115
Loading...