ज्ञान निकेतन र ट्रिनिटी फाइनलमा

0

ज्ञान निकेतन र ट्रिनिटी दोश्रो हिमालय कप बास्केटबल प्रतियोगिताको प्लस टु ब्वाइजतर्फ सोमबार फाइनलमा प्रवेश गरेका छन् ।

ज्ञान निकेतनले न्यु जेनिथलाई ५८–४९ ले पराजित ग¥यो । विजेताका नयन परियारले २३ अंक जोडे । ट्रिनिटीले सीसीआरसीलाई ८३–७१ ले हरायो ।

सिनियर गल्र्समा रातो बंगलाले न्यु भिजनलाई ३८–३६ तथा त्रिज्योतिले स्वप्न वाटिकालाई २१–२० ले पाखा लगाउदै फाइनलमा स्थान पक्का गरे । रातो बंगलाकी निर्देशीका बस्नेतले १७ तथा त्रिज्योतिकी श्रृष्टि राईले ७ स्कोर गरे ।

जुनियर ब्वाइजमा ज्ञान निकेतनले न्यु भिजनलाई २४–१८ तथा सिनियर ब्वाइजमा त्रिज्योतिले इनोभेटिभलाई ३९–२५ ले पन्छ्याउदै फाइनलमा स्थान सुरक्षित गरे ।

Post Add 1025X115
Loading...