जगत मन्दिर र सेन्ट जोसेफको जित

0

जगत मन्दिर र सेन्ट जोसेफले १२ औं ओडिसी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा सोमबार जित हात पारेका छन् ।

जगत मन्दिरले बाल विकासलाई १९–१० ले पराजित ग¥यो । जगत मन्दिरको जितमा लाक्पा तामाङले ८ अंक योगदान गरे । क्षितिज मगरको ९ अंक सहयोगमा सेन्ट जोसेफले नेपाल मोडेललाई १८–१० ले हरायो ।

जुनियर ब्वाइजमै स्किब्सले स्काइलार्कलाई २४–१३, नवजीवनले पारामाउन्टलाई २६–१७, गोल्डेनपिकले प्राण्जलीलाई १७–८, बीएनएले ग्रिनल्यान्डलाई २७–२३, सेबले हिमालयलाई २८–१५ र कौशलले हिमरश्मीलाई १०–७ ले पाखा लगाए ।

Post Add 1025X115
Loading...