क्विक्स कप : नारायण जनता र सैनिक आवसिय विजयी

0

ललितपुर, ८ मंसिर । क्विक्स कप अन्तर विद्यालय राष्ट्रिय फुटबल प्रतियोगिता शुरु भएको छ । एन्फा मैदानमा आइतबार भएको खेलमा सैनिक आवासिय माध्यामिक विद्यालय र सुपर सेन्स इंग्लिस बोर्डिङ स्कूलले गोलरहित बराबरी खेलेका छन् ।

यस्तै आजै भएको दोस्रो खेलमा पुरानो क्यापिटल सेकेण्डरी स्कूल र सगरमाथा सेकेण्डरी स्कूलले पनि २–२ गोलको बराबरी खेले । सगरमाथाका लागि मनोज घिमिरेले २० औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

२३ औं मिनेटमा क्यापिटलका लागि श्रीशान्त परियारले गोल गर्दै खेल बराबरीमा ल्याए ।यस्तै ३७ औं मिनेटमा व्रिटेन आलेमगरले गोल गर्दै क्यापिटललाई २–१ को अवस्थामा पु¥याएका थिए । त्यसको दुई मिनेट पछि नै राजधानीका लागि ज्ञानेन्द्र भण्डारीले बराबरी गोल फर्काएका थिए । तर आजै भएको तेस्रो खेलमा श्रीनारायण जनताले भक्तपुर इंग्लिस स्कूललाई ९–० को फराकिलो अन्तरले पाखा लगायो ।

जनताका लागि विश्वकुमार स्याङतान, दिलिप मोक्तान र कुमार स्याङतानले दुई दुई गोल गर्दा सुरज कुमार शाह, निश्चल गोले र दल खपान्जीले एक एक गोल थपेका थिए । अर्को खेलमा सैनिक आवासिय कास्कीले त्रियुगा नमुना सेकेण्डरी स्कूलमाथि १–० गोलको जित निकालेको छ । सुशान्त थापाले ३४ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो ।

प्रतियोगितामा १६ केटा तथा १२ केटीका टिमको सहभागीता रहेको छ । केटीहरुको खेल भने २० गतेदेखि शुरुहुने छ । प्रतियोगिताको उपाधि विजेता स्कूलले ३ लाख, उप विजेताले १ लाख ५० हजार, तेस्रो हुनेले ७५ हजार र चौथो स्थानमा आउनेले ५० हजार नगद प्राप्त गर्ने छन् ।

Tomorrow’s Match:

Nepalaya English Public School vs Shramik Secondary School (10:00 AM)

Gorkha Secondary School vs Wonderland English School (11:45 AM)

Srijana Gyan Sagar H.S vs Saraswoti Secondary School (13:30 PM)

Smriti Boarding Schiil vs Province 6/7 (15:15 PM)

 

Post Add 1025X115
Loading...