पैशाका लागि ‘बेटीङकाे’ लतमा फुटबल समर्थक, फाइदामा भने ‘बुकीहरू’

0

जब फुटबलको रमाईलो सकिन्छ, तब बुकीहरुले तपाईहरुको पैशा गन्न थाल्छन । यतिबेला विश्व फुटबलमा यसको प्रभाव बढ्दो छ, त्यसमा पनि विशेष गरी बेलायतको फुटबलमा बुकीको प्रभाव छोटो समयमा बढि रकम बनाउनेका लागि बढि छ । जितेमा पैशा राम्रो हात पार्न सकिन्छ भन्ने सोच बनाएर बेलायतमा बुकीहरुको प्रभाव निकै बढ्दो छ ।

गत बर्ष बेलायतको गेम्लिङ क्षेत्रमा एउटा ब्यक्तिले १४ दशमलव पाँच बिलियन पाउण्ड फाइदा गरेको ठुलै चर्चा भयो । बेलायतको कुल जनसंख्याको ४६ प्रतिशतले गत बर्ष फुटबलमा गम्लिङ गरेका थिए । यूकेको गेम्लिङ कमिसनले जनाएअनुसार प्राय सबैले हरेक महिना बेट राख्ने गरेको बताएको छ ।

यूकेमा बेटिङ स्वतन्त्र भएकालेपनि यो क्षेत्रमा धेरैको रुची रहेको छ । जसमा धेरै रकम फाइदा गर्नका लागि पनि छुट्टै किसिमको टेक्निस अपनाउने गरिन्छ । युकेमा कुल आठ हजार चार सय ६ वटा बेटिङ स्थान रहेका छन । जसमा बुकीले बेटिङ गर्नेलाई फकाउने र आफ्नो फेबरमा उनीहरुलाई पैशा राख्न लगाउने गर्छन ।

बेटिङका विभिन्न विधामा कतिपयमा कति प्रतिशत फाइदा लिने भन्ने मापदण्ड तोकेको भएपनि फुटबलमा भने कुनै उल्लेख छैन । जसमा बुकीले फाइदाको मार्जिन जतिपनि राख्न सक्नेछ । पछिल्लो पटकको रकेर्ड हेर्ने हो भने बुकीले आर्सनल, टोटनह्याम, वाटफोर्ड, फुलह्याम, स्विन्डोन, वालसल र सेल्टिकले जितेको खेलमा बुकीले मनग्य आम्दानी गरेको देखाएको छ । सो खेलमा बुकीले बेटिङ खेल्नेलाई एकको ३८ पाउण्डसम्म दिएको तथ्यांकले देखाएको छ ।

यसमा बुकीले कुनै कमिसन नराखी खेल्दा फाइदा एक सय २८ प्रतिशत हुने गर्छ । बुकी विना कसैले बेट गरेमा सो रकम एकको ८८ पाउण्ड हुनेगर्छ । अर्को एउटा अनुसन्धानले ठुलो खेलमा बुकीले आफुलाई एक सय दुई प्रतिशत कमिसन राखेको पाइएको छ । यो मार्जिन राख्नेमा ल्याण्डब्रोक्स कम्पनीले आफ्नो मार्जिन सबै भन्दा धेरै एक सय प्रतिशत भन्दा माथि राख्छ । यस्तै पाडी पावरले ४९ प्रतिशत, बेटफ्रेडले ३७ प्रतिशत राख्ने गरेको छ ।

पछिल्लो पटक फुटबल बेटिङ उग्ररुपमा अगाडी आइरहेको छ । अनलाई तथा अरु माध्यमबाट आक्रामक तरिकाले प्रचार गर्ने गरेका छन । जसमा फुटबल खेलहरुमा २०१७ मा बेटिङ कम्पनीको विज्ञापन ९५ प्रतिशत बज्ने गथ्र्यो । गत बर्षमात्र बुकमेकर्सले एक दशमलव पाँच छ विलियन पाउण्ड फाइदा गरेको थियो । जुन चार बर्ष अगाडीको भन्दा कयौ गुणा बढि हो । सो बेला यो कम्पनीले चार सय चालिस मिलियन पाउण्ड फाइदा गरेको थियो । २०१५ मा सो कम्पनीको नाफा सात सय ५६ मिलियन पाउण्ड रहेको थियो ।

गेम्लिङ कमिसनका अनुसार यूकेमा तीन लाख ४० हजार गेम्लरहरु छन, जसले एक दशमलव सात मिलियन पाउण्ड रिस्क लिएर खेलाउने गर्छन ।

बेटिङमा ११ देखि १६ बर्षसम्मका ५५ हजारले हरेक दिन रिस्क लिने गर्छन । यस्तै चार लाख ५० हजार युवामा ७० हजार जहिलेपनि रिस्कमा हुने गर्छन । टेबलमा बसेर खेल्ने गेम्बलरहरु तनावमा हुँदा बुकीहरु भने हाँसीहाँसी बैक जाने गरेका छन ।

Post Add 1025X115
Loading...