सागकाे भब्यता कस्ताे हुने भन्ने नै मुख्य चुनाैती-जीवनराम श्रेष्ठ

0

दक्षिण एशियाली खेलकुद सागको मिती जति नजिकीदै छ, त्यति नै अन्तिम समयमा यसको तयारीले तिब्रता लिएको छ । यतिमात्र होइन, यसपटकको साग कुन स्तरले गर्ने हो भन्ने ठुलो कौतुहल रहेको छ ।

एकातिर पुर्वाधारको काम अझै भइरहेको छ, त्यसैले पनि राष्ट्रको गौरवसँग जोडिएको यो प्रतियोगिता कतिको भब्य रुपमा होला त, आज हामीले नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठसँग कुरा गरेका छौ ।

कति खेलाडी र खेल दर्ता भए त ?

अहिले ट्याली गर्ने काम भइरहेको छ । प्रायः सबैले गरिसकेका छन, केहिकाे बिशेष अनुराेधमा अझै दर्ताकाे काम भइरहेकाे छ ।

भारतको सहभागिता के हो ?

भारतले तेक्वान्दोमा सहभागीता जनाएको छैन । अरु जुन जुनमा दर्ता गरेको छ त्यो रुजु गर्ने काम भइरहेको छ ।

सागको रौनक यसपटक घटेको जस्ताे लाग्छ की लाग्दैन तपाइलाइ ?

रौनकको काममा त अलि ढिला भएको हो । रौनक बढाउन त पूर्वाधार लगाएतका विभिन्न कामहरु छन् ती अहिल चाँडै भइदिएको भए रौनक थपिने थियो ।

पूर्वाधार तयार हुन्छन् त ?

पूर्वाधार तयार हुन्छन् भन्नेमा हामी विश्वस्त छौं । गएको २३ गते एशियन ओलम्पिक काउन्सिलको बैठक गर्यौं । उक्त बैठकमा चेयर पर्शनको रुपमा युवा तथा खेलकुदमन्त्री र राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिवले सबै कुरा अन टाइम हुन्छ भनेर विश्वास दिलाउनु भएको छ । उहाँहरुले साग आयोजना गराउनका लागि कुनै कसर बाँकी नराख्ने बताएकाले सवैले विश्वास पनि गरेका छन् । अहिले हामीले फिल्डमा पनि हेरिरहेका छौं काम एकदम द्रुत गतिमा भइरहेको छ ।

बैकल्पिक खेल स्थलको शुरु गरिएको हो ?

त्यस्तो छैन । पूर्व निर्धारित स्थलको रुपमा काठमाडौं, पोखरा र जनकपुरमा मात्रै खेलहरु आयोजना हुने छन् । जनकपुरमा कुस्ती मात्रै आयोजना हुने छ भने बाँकी खेलहरु काठमाडौं र पोखरामा आयोजना हुने छन् । मैदानका कारण पोखरामा हुने भनेको महिला फुटबलको विषयमा भने अझै अन्योल छ । पोखरा मैदानमा घाँसको चपराहरु राखिएको छ ।

फुटबल खेल्दा चपरा नउडोस भनेर अब प्राविधिक समितिसँग छलफल गरेर अघि बढ्छौं । सम्भव भएसम्म महिला फुटबल पोखरामै खेलाउने हो । सम्भव नभए काठमाडौं वा अन्त कतै सार्नुपर्ने अवस्था आउन सक्छ । महिला फुटबल काठमाडौंमा ल्याउन समस्या त छैन हामीलाई । पोखरामा फुटबलको एउटा माहोल पनि हुन्छ । त्यहाँ फुटबल लभरहरु पनि छन् । सकेसम्म प्राविधिक रुपमा फिट हुने गरि त्यही खेल्ने वातावरण बनाउनु पर्छ ।

भारतमा झण्डा लिँदा जति हामी उत्साहित थियौं, त्यति प्रतियोगिता नजिकिँदा यसको भव्यता खुम्चिएको हो ?

खुम्चिएको त होइन । झन फुकेको जस्तो लाग्छ । किन भने खेल नै आयोजना गर्न सकिन्छ की सकिदैँन भन्ने थियो । हाम्रो तयारीका कारण साउथ एसियन ओलम्पिक काउन्सिलको बैठकपछि सर्छ भन्ने आंशका गरिएको पनि थियो । अहिले यी सवै कुराहरु अन्त्य भएको छ । अहिले सवैको ध्यान तयारीमा रहेको छ । अब हाम्रो लेभलले भ्याएसम्म यसलाई भव्यता प्रदान गर्ने तर्फ केन्द्रित हुन्छ ।

खाली अब कुन स्टाण्डर्डको गेम हुन्छ भन्ने प्रश्न हुन सक्छ । मिनिमम स्ट्यान्डर्ड त फुलफिल गर्नैपर्छ । पछि फेरि आलोचना हुने हो की ?

कुनै पनि कुराहरुको एक्सन पनि रियाक्सन त भइहाल्छ । खेल सम्पन्न भएपछि आयोजकको हिसाबले हामीले त्यसलाई कुनै पनि हिसाबले गुनासो नहुने किसिमकले आयोजना गर्ने तर्फ हाम्रो ध्यान जानु पर्छ ।

आठौं सागको भन्दा यसपटक तयारीमा त निकै ढिला भयो ?

पूर्वाधार तयार नभइकन हाम्रो मेन्टालिटी नै बनेन । मेन्टालिटी नभइकन व्यवस्थापनको पाटोका कामहरु बढेनन् । यसलाई चेन इफेक्टको रुपमा पनि भनौं । पूर्वाधार तयार नहुँदै व्यवस्थापकीय कामहरु गर्दा त्यहाँ पैसा मात्रै खर्च हुन्छ । १९९९ मा भएको आठौं दक्षिण एसियाली खेलकुदको कुरा गर्नुहुन्छ भने त्यो भन्दा तीन वर्ष अघि देखि शुरु भएको थियो । त्यतिबेला पनि १९९७ मा हुनुपर्ने गेम भएको थियो । राखेपको सदस्यसचिव भइसके पछि सात दिन भित्र अहिलेको सातदोवाटोको १३६ रोपनी जग्गा सरकारबाट प्राप्त गरेर चीनको कम्पनीलाई हस्तान्तरण गरेका थियौं । यो पटक पूर्वाधार तयार पार्ने कुरामा निकै ढिला भयौं ।

हामीले प्रतियोगिता आयोजना गर्ने भन्ने त प्रष्ट थियो, कहाँनेर पूर्वाधार निर्माणमा हामी चुक्यौं ?

यसलाई म हाम्रो देशको राजनीतिक दोश हो भन्छु । देशमा जुन किसिमले संक्रमणकाल चल्यो । त्यसको उपज चार वटा मन्त्रीहरु फेरिए । ६–९ महिनामा सरकार फेरियो । यता तर्फ ध्यान पुग्न सकेन । पछिल्लो यो सरकार आएपछि यसमा केन्द्रीत भएर काम भएको हो ।

Post Add 1025X115
Loading...