ज्ञान निकेतन सेमिफाइनलमा

0

ज्ञान निकेतन दोश्रो हिमालय कप बास्केटबल प्रतियोगिताको प्लस टु ब्वाइजतर्फ बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

हिमालय इङलिस स्कुलद्वारा आयोजित प्रतियोगितामा ज्ञान निकेतनले एसलाई ७९–६६ ले पराजित ग¥यो ।  ज्ञान निकेतनका नगेन्द्र परियारले २४ अंक जोडे ।

सिनियर ब्वाइजमा नवज्योतिले जेनिअमलाई ४४–२८ ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित ग¥यो । नवज्योतिका रमेश पाण्डेले १५ अंक जोडे । जुनियर गल्र्समा रातो बंगलाले सेमिफाइनल यात्रा तय ग¥यो । रातो बंगलाले आयोजक हिमालयलाई २६–१२ ले पाखा लगायो । रातो बंगलाकी नुर प्रधानले ८ स्कोर गरिन् ।

जुनियर ब्वाइजमा पनि ज्ञान निकेतन सेमिफाइनलमा पुग्न सफल भयो । ज्ञान निकेतनले मोक्षदामाथि १५–१२ को जित दर्ता ग¥यो । ज्ञान निकेतनका कोसिश तामाङले १३ अंक जोडे ।

Post Add 1025X115
Loading...