नेपाली खेलाडीको आईसीसी वरियता खस्कियो !

0

काठमाडौं, ३ मंसिर । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले सार्वजनिक गरेको टी २० वरियतामा नेपालका २ जना खेलाडी मात्रै अटाएका छन् ।

टप १०० को लिस्टमा सन्दीप लामिछाने र सोमपाल कामी मात्रै अटाएका हुन् । सन्दीपको वरियता पनि तल झरेको छ । सन्दीप ४१४ रेटिङ प्वाइन्टका साथ ७८ औं स्थानमा थिए । गत महिना उनको वरियता ६४ औं स्थान रहेको थियो । यस्तै सोमपाल कामी भने पहिलो पटक टी २० को बलिङ तर्फको वरियतामा परेका छन् । उनी ३७५ रेटिङ प्वाइन्टका साथ ९५ औं स्थानमा रहेका छन् ।

अलराउण्डरमा भने उनी यसअघि पनि परेका थिए । यसअघि वरियतामा रहेका करण केसी, अविनास बोहरा भने बाहिरिएका छन् । यस्तै टी २० को व्याटिङ तर्फ पारस खड्का ४५२ रेटिङ प्वाइन्टका साथ ५५ औं स्थानमा रहेका छन् । उनी गत महिना ४५ औं स्थानमा थिए ।

८० रेटिङ प्वाइन्टका साथ पारस अलराउण्डर तर्फ ३३ औं स्थानमा पुगेका छन् । उनी पछिल्लो महिना २४ औं स्थानमा रहेका थिए । यसैगरी ५९ औं स्थानमा रहेका सोमपाल कामी एक स्थान तल झर्दै ६० औं स्थानमा पुगेका छन् ।

अलराउण्डर तर्फ नेपाली टिममा संकट मोचकको उपमा पाएका करण केसी ८३ औं स्थानमा परेका छन् ।

Post Add 1025X115
Loading...