सहिद स्मारक ए डिभिजन लिगको डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबका भरपर्दा खेलाडीहरु एकै पटक मच्छिन्द्र क्लबमा आवद्ध हुने भएका छन् ।
अघिल्लो सिजन मनाङलाई च्याम्पियन बनाउँदाका टिमका कप्तान विराज महर्जन सहित गोल किपर विशाल श्रेष्ठ, मिडफिल्डर सुजल श्रेष्ठ र विशाल राई तथा स्ट्राइकर अफिज वलावाले मच्छिन्द्र जान लागेका हुन् । अरु खेलाडीहरुको पनि मच्छिन्द्र क्लबमा आवद्ध हुने गरि छलफल तिव्र पारिएको जनाइएको छ । वलावाले गत सिजनको सर्वाधिक गोल कर्ताको पहिलो स्थानमा रहेका थिए । उनले लिगभरि सात गोल गरेका थिए ।
खेलाडीका अनुसार मनाङ मस्र्याङ्दी क्लबको अहिलेको व्यवस्थापनले खेलाडीको भावना नबुझेका कारणले क्लब परिवर्तन गर्न लागेको बताए । मच्छिन्द्र क्लबले यस पटक लिग जित्ने महत्वकांक्षाका साथ तयारी तिव्र पारेको छ ।
मनाङले गत सिजनमा एक खेलमा मात्रै पराजित हुँदै ए डिभिजन लिग जितेको थियो । मनाङ गत सिजनमा फ्रेण्डस क्लबसँग मात्रै पराजित भएको थियो ।
विशाल मछिन्द्र जाने भएपछि मनाङमा मख्य गोलकिपरको स्थान खाली छ।
मनाङले पनि सुरज विक, आदित्य चौधरी, कमल श्रेष्ठ, अञ्जन विष्ट, रञ्जन विष्ट लगायत १० जना खेलाडी अनुबन्ध गरिसकेको छ।