टी १० लिगमा पारस र सन्दीपको खेल शुक्रबार

0

काठमाडौं, ३ मंसिर । युएईमा जारी टी १० लिग क्रिकेटको लिग चरणका खेल सकिएका छन् । आज देखि सुपर लिगको खेल शुरु भइसकेको छ ।

सुपर लिग २२ नोभेम्बर अर्थात शुक्रबार नेपालका दुवै खेलाडी पारस खड्का र सन्दीप लामिछानेको टिम आमने सामने हुने छन् । यो खेल शुक्रबार राति नेपाली समय अनुसार पौने १० बजेदेखि शुरुहुने छ । अहिलेसम्म पारसले २ वटा खेलमा टिममा स्थान बनाए भने सन्दीपले तीन वटामा बनाइसकेका छन् ।

सन्दीपले अहिलेसम्म तीन विकेट हात पारेका छन् भने पारसले पनि नट आउट ४ रन जोडेका छन् । सन्दिपले सोमबार सवैभन्दा महँगो ओभर बलिङ गरेका थिए ।

उनको एकै ओभरमा किरन पोलार्डले ३० रन दिएका थिए । पारस भने सोमबारको टिममा परेका थिएनन् ।

Post Add 1025X115
Loading...