आउन त आयो तर झमेला बढाउने गरि…

0

सागका लागि दशरथ रंगशालाको भिआइपी प्याराफिटको छानो हाल्ने काम सुरू भएकाे छ । सागका लागि रङ्गशालाको काम छिटो सम्पन्न गर्न यतिबेला खेलकुद मन्त्रीको बास नै रङ्गशालामा भएको छ ।

मैदानको अन्य धेरै काम लगभग सकिएको छ । भिआइपी प्याराफिटको छानो निकै लामो समयको पर्खाइपछि आयो तर जुन डिजाइन र साइजमा आउनु पर्ने थियो त्यो भने आएन ।

प्याराफिटमा लाग्ने जुन साइज थियो त्यो भन्दा  ठुलाे साइजको छानो आइपुगेको छ। जसका कारण छानो फिट गर्न समस्या भएको छ। अब त्यो आएको छानोको साइज घटाएर फिट गर्ने काम भइरहेको छ। आएको छानोको साइजलाइ उचित स्थानमा ल्याउने काम गर्नुपर्ने भएकाले डबल काम बढेकाे छ । परिषदका अनुसार १० गते सम्म फिटिङ लागि समय लाग्ने भएको छ । जुन सोचाइमा यसको फिटिङको कामका लागि समय सोचिएको थियो त्यसमा धक्का लागेको छ ।

प्याराफिट सुरुमा जल मार्गमा ल्याउने बताए पनि समय अभावका कारणले हवाई मार्गबाट ल्याइएको थियो। मंसिर १५ देखि १३ औं दक्षिण एसियाली खेलकुद साग आयोजना हुँदै छ ।

हराै सिटकाे काम अन्तिम चरणमा छ । अब भिअाइपी प्याराफिटकाे छानाे फिट गरेपनि लामाे समय देखिकाे पर्खाइमा हरेकाे दशरथ रंगशालाले नयाँ स्वरूप पाउनेछ ।

 

Post Add 1025X115
Loading...