ज्वराेका कारण प्रशिक्षक कालिन पाेष्ट म्याच गुमाए, सहायक प्रशिक्षकले भने प्रदर्शनबाट खुसी नै छाै !

0

कुवेत विरुद्धको खेलपछिको पोष्ट म्याच कन्फ्रेन्समा नेपाली टिमका प्रशिक्षक योहान कालीन विरामी भएकाले उपस्थित भएनन् ।

नेपालले कुवेतसँगको खेलमा एक शुन्यको हार ब्यहोर्दा प्रशिक्षक कालिन पुरै खेलमा पनि निकै कममात्र टचलाईनमा देखिएका थिए ।

मौसम परिवर्तनका कारण उनलाई भाइरल ज्वरो आएकाले उनको स्थानमा सहायक प्रशिक्षक किरण श्रेष्ठले मिडियासँग कुरा गरेका थिए ।
उनले टिमको प्रदर्शनबाट खेसी नै रहेको बताए ।

उनले नेपालले खेल बराबरी गर्ने मौकापनि पाएको थियो, तर त्यसमा चुक्दा हार्नुपरेको बताए । यसका साथै उनले घरेलु मैदानमा खेल्नुपर्ने खेल भुटानमा खेल्दा पनि केहि चुनौती भएको बताए ।

Post Add 1025X115
Loading...