आइपीएलमा १५० भन्दा बढि छक्का हान्ने खेलाडीहरु

0

इन्डियन प्रिमीयर लिग सबैभन्दा ठुलो टी २० प्रतियोगिता हो र यसमा विश्वका सबैजसो उत्कृष्ट खेलाडीहरुले सहभागिता जनाउने गर्दछन् ।
उत्कृष्ट खेलाडीहरुका कारण खेलमा उत्कृष्ट बलिङ र ब्याटिङ धेरै हेर्न पाइन्छ ।

क्रिस गेल,एबी डिवीलियर्स,आन्द्रे रासेल,रोहित शर्मा,सुरेश रैना र बिराट कोहलीजस्ता ब्याट्सम्यान आफ्नो ब्याटिङमार्फत आफुलाई प्रमाणित गर्न लागिपरेका हुन्छन् ।

आइपीएलमा चौका र छक्काको वर्षात नै हुन्छ । अहिलेसम्म आइपीएलमा धेरै खेलाडीले १५० भन्दा पनि धेरै छक्का हानिसकेका छन् । विस्फोटक ब्याट्सम्यान क्रिस गेल एक्लैले ३०० भन्दा धेरै छक्का हानिसकेका छन् ।

आइपीएलमा सर्बाधिक छक्का हान्ने खेलाडीको सुचिमा क्रिस गेल सबैभन्दा अगाडि रहेको छ ।
अहिलेसम्म ११ खेलाडीले आइपीएलमा १५० भन्दा बढि छक्का हानिसकेका छन् । जहाँ कुनै खेलाडीले २०० छक्का हानिसकेका छन् । सुपर

किंग्सका कप्तान एमएस धोनीले २०० भन्दा धेरै छक्का हानिसकेका छन् ।
अहिलेसम्म १५० भन्दा बढि छक्का हानेका खेलाडीहरु,

१.क्रिस गेल( ३२६) छक्का
२.एबी डीविलियर्स(२२१)छक्का
३.एम एस धोनी(२०९)छक्का
४.रोहित शर्मा(१९४)छक्का
५.सुरेश रैना(१९४)छक्का
६.विराट कोहली(१९०)छक्का
७ डेविड वॉर्नर(१८१)छक्का
८. शेन वॉटसन(१७७)छक्का
९. किरोन पोलार्ड(१७६)छक्का
१०. यूसुफ पठान(१५८)छक्का
११. रॉबिन उथप्पा(१५६)छक्का

Post Add 1025X115
Loading...