सागमा नेपालबाट कुल ५ सय ९९ खेलाडी

0

आसन्न दक्षिण एशियाली खेलकुद सागका लागि नेपालबाट सहभागि हुने खेलाडीको एकिन टुंगो लागेको छ । यसका साथै कुन खेलले कहाँ प्रशिक्षण गरिरहेको र कहाँ प्रतियोगिता खेल्ने भन्ने पनि औपचारिक रुपमा सार्वजनिक गरिएको छ ।

यसपटकको सागमा नेपालबाट तीन सय १२ पुरुष र २८७ महिला खेलाडी सहभागि हुनेछन । यस्तै खेलस्थलमा काठमाडौंमा एथ्लेटिक्स, बक्सिङ, ब्याटमिन्टन, फेन्सिङ, गल्फ, जुडो, कराते, सुटिङ, स्क्वास, टेबल टेनिस, पौडी, तेक्वान्दो, टेनिस, भारत्तोलन, उसु, साइक्लिङ, भलिबल, पुरुष फुटबल, क्रिकेट, बास्केटबल र कबड्डी हुनेछन ।

पोखरामा बीच भलिबल, आर्चरी, प्याराग्लाइडिङ, ह्याण्डबल, महिला फुटबल हुनेछन । बर्दियामा खो खो र जनकपुरमा कुस्ती हरेका छन ।
यसअघि काठमाडौं पोखरा र जनकपुरमा हुनेछ ।

सागको तयारीका लागि परिषदले करिव ४५ करोड रुपैयाँ बजेट छुट्याएको थियो, त्यसमा अधिकांश टिमले बैदेशीक प्रशिक्षण गरेका छन । यसमा खेलाडीले पहिलो चरणमा १४ सय रुपैयाँ दैनिक भत्ता पाएका थिए, त्यसपछि परिषदले दोस्रो चरणमा २ हजार, तेस्रो चरणमा २२ सय र तेस्रो चरणमा २५ सय रुपैयाँ भत्ता दिने भएको छ ।

Post Add 1025X115
Loading...