नराम्राे भयाे भन्दैमा विराट काेहली नै चाहिन्छ भन्ने हाेइन, भएकाेमा सुधार गर्ने हाे- कप्तान ज्ञानेन्द्र

0

बंगलादेशमा भएको एसीसी इमिर्जिङ एसिया कपको समुह चरणबाट बाहिरीएको नेपाली त्रिकेट टिम स्वदेश फर्किएको छ । समुह चरणमा हङकङ विरुद्धको खेलमा मात्र जित निकालेको नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्लले टिमले सोचेको जस्तो खेल्न नसकेको बताए । उनले आफ्नो टिमको ब्याटिङमा धेरै कमजोरी देखिएको र अझ धेरै मेहेनत गर्नुपर्ने देखिएको बताए । उनीसँगकाे कुराकानी

 

प्रतियाेगिता कस्तो रह्यो ?

ठिकै रह्यो, सोचेको जस्तो भएन, बंगलादेश भारतसँग राम्रो गर्न सकिन्थ्यो ।

के कुरामा हाम्रो टिममा कमजोरी रह्यो ?

बंगलादेश, भारतसँग राम्रो स्कोर गर्न सकिन्थ्यो, दुबैमा ब्याटिङ राम्रो हुन सकेन । तर दुबै टिम बलियो थियो, उनीहरुको स्क्वाड हेर्दाखेरी, त्यहि हो हामीले प्रतिस्पर्धात्मक खेल खेल्न सकेनौ ,

उनीहरु बलियो की हामी कमजोर ?

यो लेभलमा आएपछि उनीहरुले एउटा मोमेन्टम पाएपछि त्यसलाई निरन्तरता दिने हो, दबावबाट कसरी माथि उक्लने भन्ने उनीहरुलाई हामी भन्दा बढी थाहा छ, दबावको बेलापनि कसरी एक रन लिएर आफ्नो मोमेन्टमलाई कायम राख्ने भन्ने सिकियो, उनीहरु भन्दा हामी तल छौ, अझै धेरै सिक्न बाँकी छ भन्ने सिकियो ।

अझैपनि टिममा म्याच एक्पोजर लगायतका कुराहरुमा ध्यान दिन जरुरी छ । अझै धेरै अभ्यास खेलहरु खेलेमा राम्रो टिमसँग राम्रो विकेटमा त्यसले हाम्रो टिममा जुन ब्याटिङको कमजारी छ भन्ने छ, त्यो सुधार हुन्छ ।

पहिलो पटक औपचारिक रुपमा कप्तानका रुपमा जानुभयो कस्तो रह्यो ?

ब्यक्तिगत प्रदर्शन राम्रो भएन, ब्याडलक, जे हुनुपर्ने त्यो भएन, अझै अगाडी महत्वपुर्ण खेलहरु आइरहेको छ, त्यो बाहेक चाहि टिमले पनि धेरै राम्रो सपोर्ट गर्यो मैदानमा त्यसैले खुसी छु ।

क्यानको ब्यवस्थापनमा टिम गएको थियो, पहिले ब्यवस्थापकको दबाव हुन्थ्यो, त्यो दबाव यसपटक कस्तो रह्यो की रहेन ?

त्यस्तो केहि पनि भएन, म्यानेजरपनि राम्रो हुनुहुन्थ्यो, उहाँले क्यान भन्दैमा हामी यस्तो कुराहरु गर्न आएको होइनौ, अब जस्तो तपाईहरु आफ्नो खेलमा फोकस गर्नु भनेर सकारात्मक बाताबरण बनाइदिनुभयो, त्यसको लागि धन्यवाद पनि भन्छौ, एकैचोटी उहाँहरुले सबै काम गर्न पाइरहेको छैन, उहाँहरुले पनि धेरै कुराहरु सुरुवात देखि नै गरिरहनु भएको छ, आशा गरौ आगामी दिनहरुमा अझ राम्रो हुन्छ ।

कप्तानीको दबावले पनि तपाईको प्रदर्शन घटेको हो ?

यो भन्दा अगाडीपनि इमर्जिङमा कप्तानका रुपमा नै गएको थिए, मलाई कप्तानको प्रेसर कहिलेपनि लागेन, अब यो एउटा ब्याडलक, सुरुसुरुमा नै आउट हुन पुगे, त्यसैले राम्रो गर्न नसकेको हो ।

मैदानमा कप्तानी गर्दा खेरी पारस खड्काको कमी महसुस भयो की भएन ?

होइन, गएपछि सेटमा रहेका ११ खेलाडीको सबै थाहा हुन्छ, को छ, को छैन भनेर सबैको क्षमता थाहा भएकै हुन्छ, त्यसैले त्यस्तो सोच्न थाल्यो भने त भोली विराट कोहली चाहिने हो की भन्ने कुरा दिमागमा आउछ, त्यसैले त्यस्तो कुरा नआइकन हामीसँग जे छ, त्यसलाई नै कसरी राम्रो बनाउने भन्नेमा ध्यान दिनुपर्छ ।

दक्षिण एसियाली खेलकुदमा हाम्रो लक्ष्य के हुनेछ ?

सागमा हाम्रो लक्ष्य स्वर्ण नै हो, त्यसपछि हेर्दे जाउ कहाँसम्म पुगिन्छ भन्ने कुरा

Post Add 1025X115
Loading...