राष्ट्रिय वाणिज्य बैंकद्वारा भलिबल खेलाडीलाई सम्मान

0

काठमाडौं, २ मंसिर । राष्ट्रिय वाणिज्य बैंकले नेपाली राष्ट्रिय महिला भलिबल टिमका सदस्यहरुलाई सम्मान गरेको छ । बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोन च्याम्पियनसिपमा स्वर्ण पदक जितेको टिमका १६ जना खेलाडी र अफिसियलहरुलाई सम्मान गरेको हो ।

खेलाडी तथा अफिसियलहरुलाई वाणिज्य बैंक संचालक समितिका निर्मलहरि अधिकारी र प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रममा संचालक समितिका सदस्य अधिकारीले बैंकले भलिबललाई विगत देखि गरेको सहयोगको परिणाम आएको र अन्तर्राष्ट्रिय रुपमा प्राप्त भएको उपलब्धिले देशको शीर उच्च भएको बताए ।

प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले नेपालको राष्ट्रिय खेल भलिबलको लोकप्रियतालाई देखेर नै बैंकले केही वर्ष अगाडि देखि सहयोग गर्दै आएको र आगामी दिनमा पनि यसले निरन्तरता पाउने उल्लेख गरे । यस्ता कार्यक्रमले खेलाडीहरुको मनोबल बढ्ने पनि विश्वास व्यक्त गरे ।

यस्तै सम्मान कार्यक्रममा भलिबल संघका अध्यक्ष शर्माले राष्ट्रिय वाणिज्य बैंकले गरेको सहयोगकोे गुन संघले ‘सुन’ अर्थात गोल्ड मेडलले तिर्ने बताए ।

राष्ट्रिय वाणिज्य बैंक र नेपाल भलिबल संघ बीच RBB-NVA राष्ट्रिय क्लब लिग भलिबल प्रतियोगितालाई मूख्य प्रायोजन गर्ने सम्झौता ४ वर्ष देखि रहदैं आएको छ ।

Post Add 1025X115
Loading...