सिट्सिपासले जिते एटिपी फाइनल्सको उपाधि

0

ग्रिक खेलाडी स्टेफानोस सिट्सिपासले एटिपी फाइनल्सको उापधि जितेका छन् । फाइनलमा अष्ट्रियाका डोमिनिक थिमलाई २–१ को प्रतिष्पर्धात्मक सेटमा हराउँदै सिट्सिपासले उपाधि जितेका हुन् ।

२१ वर्षे सिट्सिपासले एक सेटले पछि परेको अवस्थामा पछिल्लो दुई सट जित्दै पछिल्लो १८ वर्षमा एटिपी फाइनल्स जित्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । पहिलो सेटमा ६–७(६–८) को पराजय भोगेका सिट्सिपासले उत्कृष्ट कम ब्याक गर्दै पछिल्लो दुई सेट जितेका थिए । बेस्ट अफ थ्रीको पछिल्लो दुई सेटमा सिट्सिपास ६–२ र ७–६(७–४) ले विजयी भएका थिए ।

ओटू एरेनामा दुई घण्टा ३५ मिनेट चलेको खेलमा जित हात पारेपछि सिट्सिपासले दुई मिलियन पाउण्ड पुरस्कार जितेका छन् ।

‘यो ट्रफी उचाल्न पाउँदा अभूतपूर्व आनन्द भएको छ,’ उपाधि जितेपछि सिट्सिपासले भने ।

‘यसरी खेल जितेर उपाधि उचाल्दा सपना पूरा भएको छ,’ उनले भने ।

Post Add 1025X115
Loading...