आशन्न दक्षिण एसियाली खेलकुदका लागि महिला भलिबल टिमको घोषणा भएको छ ।
बंगलादेशमा सम्पन्न एभीसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिता खेलेका १२ खेलाडीमा दुई खेलाडी थप्दै नेपाल भलिबल संघले खेलाडीको नामावली घोषणा गरेको हो ।
नेपाली टिममा उषा भण्डारी र हीरा केसी फर्किएका छन् । सागका लागि आजदेखि प्रशिक्षण पनि सुरु भएको छ ।
नेपाली टिममा नेपाली टिममा प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, अरुणा शाही, जानकी भण्डारी, सफिया पुन, उषा कुमारी विष्ट, सुनिता खड्का, कमला पुन, रेश्मा भण्डारी, पुनम चन्द, उषा भण्डारी, हीरा केसी र सलिना श्रेष्ठ छन् । नेपालको कप्तानी अरुणा शाहीले नै गर्नेछिन् ।