८ करोड रुपैयाँमा सागको प्रसारण अधिकार भारतीय कम्पनीलाई बिक्री

0

१३ औ दक्षिण एसियाली खेलकुद (साग) को प्रसारण अधिकार भारतीय कम्पनि एन के मिडिया भेन्चरलाई बेचिएको छ ।

सागको मूल समितिले आइतबार एन के मिडिया भेन्चरसँग ब्रोडकाष्टिङ पार्टनरको रुपमा सम्झौता गरेको छ ।

सम्झौता पत्रमा एन के मिडियाका प्रभात सञ्जन मल्लिक र नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौतासँगै ब्रोडकाष्टिङ अधिकार बापत एन के प्रालिले ८ करोड उपलब्ध गराउने छ ।

यस्तै एन के मिडिया अन्तर्गत रहेको नक्षत्र न्युजले सागको २७ खेलको प्रत्यक्ष प्रशारण गर्नेछ । सो बेलालाई नेपाल टेलिभिजनले प्रोडक्सनमा सघाउने छ । साथै नेपाल टेलिभिजनबाट समेत प्रत्यक्ष प्रशारण हुनेछ ।

त्यसबाहेक कम्तिमा १५ विदेशी च्यानलले सागको प्रत्यक्ष प्रशारण गर्नेछ । यसका लागि १५० देखि २०० क्यामेरा प्रयोग गर्ने छन्।

Post Add 1025X115
Loading...